मुख्य समाचार
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध

: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा काठमाडौं,ललितपुर र भक्तपुरका महिला उद्यमीसँगको छलफलका क्रममा मन्त्री भण्डारीले स्वदेशमा उत्पादित हस्तकला लगायतका अन्य सामग्रीहरको प्रयोगमा प्रोत्साहन गर्ने सरकारको नीति रहेको बताएका हुन्।


स्वदेशी वस्तुको बजार व्यवस्थापनका लागि समेत मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ।

मन्त्री भण्डारीले बाणिज्य विभागमा स्वदेशी वस्तु भनेर जानकारी गराइएका सामग्रीहरूलाई मन्त्रालयले विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने उल्लेख गरे। स्वदेशी उत्पादन भएका वस्तुको प्रयोगसम्बन्धी कार्यविधिलाई अघि बढाउनका लागि सरोकारवाला निकायसँग छिटै छलफल गरिने मन्त्री भण्डारीले बताए।


महिला उद्यमीले सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीहरूले उपलब्ध भएसम्म स्वदेशी उत्पादन भएका वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ पारित भएकोप्रति मन्त्री भण्डारीलाई धन्यवाद दिएका थिए ।

उनीहरूले उक्त निर्देशिका शीघ्र कार्यान्वयन गर्नका लागि मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए । महिलाहरूबाट उत्पादित हस्ताकला सामाग्रीहरु सरकारी स्तरमा प्रयोगमा ल्याउन सके नेपालको अर्थतन्त्रलाई थप टेवा पुग्ने महिला उद्यमीहरूको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी रकम (बैंक जमानत १ करोड) स्वीकार गर्नेलगायत विभिन्न सर्तहरूसहित थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशमा भएका सर्तहरूका लागि उपस्थित भएर आवश्यक कागजी प्रक्रिया ...
: जापानको केन्द्रीय बैंकले बढ्दो महँगी र बढ्दो जीवनयापनको दबाबका बीचमा आफ्नो प्रमुख ब्याजदर ३० वर्षकै उच्च बिन्दुमा पुर्‍याएको छ। बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले बढाएको हो। ब्याजदर करिब ०.७५ प्रतिशतमा तोकिएको छ। जापानका नयाँ प्रधानमन्त्री साने ताकाचीले मुद्रास्फीति नियन्त्रण गर्न चाहेको बेला बैंकले यस्तो निर्णय गरेको हो। जनवरीदेखि बैंक अफ ...
— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ । बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि तयार रहेको तथा विद्युत् व्यापारका लागि समेत प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसको लागि वातावरण ...
एमालेले भदौ २३ र २४ को घटनाका विषयमा वर्तमान छानबिन आयोग अमान्य रहेको भन्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग बनाउन माग गरेको छ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम