मुख्य समाचार
'शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु बंगलादेश सरकारको प्राथमिकता'
'शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु बंगलादेश सरकारको प्राथमिकता'

: बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले शेख हसिनालाई भारतबाट फिर्ता ल्याउनु सरकारको प्राथमिकता रहेको बताएका छन्।


शफिकुल आलमले भने, 'सरकारले बंगलादेशको कानून अनुसार शेख हसिनालाई जतिसक्दो चाँडो फिर्ता ल्याउने काम गरिरहेको छ।'

बंगलादेशले भारतसँग शेख हसिनालाई सुपुर्दगी गर्न माग गरेको छ ।


बंगलादेशको विदेश मन्त्रालयका सल्लाहकार मोहम्मद तोहेद हुसेनले भर्खरै शेख हसिनालाई न्यायिक प्रक्रियामा सामेल हुन फिर्ता पठाउनुपर्ने कुरा भारतलाई जानकारी गराएको बताएका छन्।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अगस्ट ५ देखि भारतमा छिन् ।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गर्दै भने, 'हामीले बंगलादेशको उच्चायोगबाट सुपुर्दगी अनुरोध प्राप्त गरेका छौं।' बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिरियाका अपदस्थ राष्ट्रपति बसर अल-असदका समर्थकहरूले देशको पश्चिममा गरेको आक्रणमा आन्तरिक मन्त्रालयका १४ सैनिकको ज्यान गएको छ । असदको अल्पसंख्यक अलावाइट मुस्लिम सम्प्रदायको गढ रहेको भूमध्यसागरीय बन्दरगाह टार्टोसनजिक भएको भिडन्तमा अन्य १० सैनिक घाइते भएका सिरियाली अधिकारीहरूले जनाएका छन् । राजधानी दमास्कसनजिकै रहेको कुख्यात सयदनाया जेलमा कैदीबन्दीलाई यातान दिने भूमिकामा रहेका एक पूर्व अधिकारीलाई ...
— अमेरिकाले अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि रुस जिम्मेवार रहेको हुनसक्ने बताएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले दुर्घटनाका लागि रुस जिम्मेवार हुनसक्ने प्रारम्भिक संकेत मिलेको बताएका हुन् । अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको अजरबैजान एअरलाइन्सको 'जे२-८२४३' विमान बुधबार कजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको थियो । दुर्घटनामा विमानमा रहेका ६७ जनामध्ये ...
— दक्षिण कोरियाका विपक्षी सांसदहरूले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सुविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रपति युन सुक यओलविरुद्ध संसद्ले महाभियोग प्रस्ताव पारित गरेको दुई सातामा कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियोग प्रस्ताव दर्ता गरिएको हो । कार्यवाहक राष्ट्रपति हानले प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टीले मनोनीत गरेका न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्विकार गरेपछि महाभियोग प्रस्ताव ...
— कुनै समयमा उच्च शिक्षाका लागि पहिलो रोजाइको देश मानिएको अस्ट्रेलिया उच्चशिक्षाका लागि अध्ययन गर्न आउने विद्यार्थीका लागि असम्भवजस्तै बन्दै गएको छ । अत्यन्तै राम्रो आर्थिक अवस्था भएका विद्यार्थीबाहेक मध्यम वर्गका विद्यार्थीका लागि समेत अस्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि भिसा पाउनु अत्यन्तै गाह्रो बनेको छ । अस्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक हेर्ने हो भने अध्ययनका लागि अस्ट्रेलिया ...
— भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिले नेपाललाई झस्काएको छ । नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको लिपुलेक पासबाट व्यापार गर्न सन् २०१५ मै भारत र चीनका प्रधानमन्त्रीबीच सहमति भएको थियो । कोभिड महामारीले रोकिएको मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने पछिल्लो सहमतिले नेपालको चुच्चे नक्साप्रतिको सरोकार फेरि जागृत भएको छ । भारतका ...