मुख्य समाचार
विद्युत् प्राधिकरणको पत्रका भरमा कम्पनीहरूको सेयर किनबेच रोक्का नगर्न उद्योगमन्त्रीको निर्देशन
विद्युत् प्राधिकरणको पत्रका भरमा कम्पनीहरूको सेयर किनबेच रोक्का नगर्न उद्योगमन्त्रीको निर्देशन

। उद्योगमन्त्री दामोदर भण्डारीले नेपाल विद्युत् प्राधिकरणको पत्रका भरमा कम्पनीहरूको सेयर किनबेच रोक्का गर्ने काम नगर्न कम्पनी रजिस्ट्रारको कार्यालयलाई निर्देशन दिएका छन् ।

प्रक्रिया नपुर्‍याइ गैरकानुनी रूपमा ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’ महसुल विवादसँग जोडिएका उद्योग (कम्पनी) हरूको सेयर किनबेच रोक्न नमिल्ने मन्त्री भण्डारीले बताए ।




ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट आधिकारिक रूपमा उद्योग मन्त्रालयमा पत्र आएपछि सोही पत्रका आधारमा मात्रै यस्तो रोक्का प्रक्रिया अघि बढाउन सकिने सुझाव दिएका थिए ।

बिहीबार मन्त्री भण्डारीले कम्पनी रजिस्ट्रार प्रदीप अधिकारीलाई फोन गरेर प्राधिकरणले पत्र पठाएका भरमा कम्पनीहरूको सेयर किनबेच रोक्न नमिल्ने बताएका हुन् ।



जवाफमा अधिकारीले प्राधिकरणको पत्र दर्ता हुन आएकाले सेयर किनबेच रोक्का गर्ने हो कि भन्ने सोच बनाएको र यस सम्बन्धमा निर्णय भइनसकेको जवाफ दिए ।

‘यसरी सेयर किनबेच रोक्न मिल्दैन । यो कानुनसम्मत छैन । सेयर किनबेच रोक्का गर्ने भए पनि आधिकारिक निकायबाट पत्र आएर प्रक्रिया सम्मत गर्नुपर्छ । जुनसुकै संस्थाले पत्र पठाउँदैमा सेयर किनबेच रोक्ने र फकाउने गर्न थाल्यो भने त बेथिति हुन्छ,’ मन्त्री भण्डारीले भने ।

कम्पनी रजिस्ट्रारको कार्यालयले प्राधिकरणको पत्रका आधारमा उद्योगहरूको सेयर किनबेच रोकेर अनावश्यक दुःख दिएको भन्दै उद्योग मन्त्रालयमा गुनासो गरेका थिए ।

गुनासो बढेपछि शुक्रबार मन्त्री भण्डारीले यस विषयमा चासो दिएका हुन् । साथै, मन्त्रीले मन्त्रिपरिषद्‍मा पनि डेडिकेटेड तथा ट्रंकलाइन महसुल समस्याबारे छलफल भइरहेकाले यस विषयमा कम्पनी रजिस्ट्रारको कार्यालयले एक पक्षीय काम गर्न नहुने अधिकारीलाई बताएका थिए ।

यसअघि प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादसँग जोडिएका उद्योगका सञ्चालकले लगानी गरेको ऊर्जा कम्पनीका बिजुली बापत भुक्तानी रोकेपछि सर्वोच्च अदालतले यस्तो भुक्तानी नरोक्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी बलियो र देशको एक नम्बर पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्। 'हामी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका ...
— तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ। निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् । कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्‌घाटन गर्ने कार्यक्रम छ । २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा ...
— मधेश प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउने अध्यादेशको विरोध गर्ने भएको छ । त्यस्तै एमालेले प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने भएको छ । मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको ...
— कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी कृषि अनुदानका विषयमा धेरै किसिमका गुनासा आउने गरेको बताउँछन् । अनुदान वितरणमा केही समस्या भए पनि वास्तविक किसानले अनुदान रकम नै नपाएको भन्न नमिल्ने उनको दाबी छ । कृषि अनुदानलगायत विषयमा उनीसँग राजु चाैधरीले गरेको कुराकानी : वास्तविक किसानले कृषिको अनुदान पाउँदैनन्, पहुँचवालाले मात्रै पाउँछन् भनिन्छ । तपाईं ...