मुख्य समाचार
रास्वपामा सक्रिय सभापतिको अभ्यास गर्दै डिपी अर्याल
रास्वपामा सक्रिय सभापतिको अभ्यास गर्दै डिपी अर्याल

। सहकारी ठगी अभियोग भोगिरहेका रास्वपा सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएसँगै कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले पार्टीभित्र सक्रियता बढाएका छन् ।

लामिछानेले पार्टीभित्र सन्तुलन मिलाउन अर्याललाई पार्टी संगठन, अर्का उपसभापति स्वर्णिम वाग्लेलाई संसदीय दलको नेतृत्वमा लैजाने इच्छा व्यक्त गरे पनि संसदमा अर्याल नै हाबी बन्ने देखिएको छ ।




बिहीबार अर्यालले पार्टीका सबै विभाग प्रमुखहरूलाई हालसम्मको प्रगति र आगामी योजनाबारे रिपोर्टिङ मागेका छन् ।

नेताहरूका अनुसार अर्यालले बिहीबार विभाग प्रमुखहरूलाई सन्देश पठाएर यही पुस २५ गते दिउँसो ४ बजेभित्र आफ्नो क्षेत्राधिकार र जिम्मेवारीमा केन्द्रित रहेर रिपोर्टिङ पेस गर्न भनेका छन् । स



मयसीमा नै तोकेर कार्यवाहक सभापति अर्यालले विभागका प्रमुखहरूसँग हालसम्मको प्रगति र आगामी योजना मागेका हुन् ।

रास्वपामा विभिन्न ३६ वटा विभागहरू छन् ।

संगठन विभाग प्रमुखमा कबिन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल प्रमुख छन् । प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल नै प्रमुख छन् ।

मानवीय विकास प्रवर्द्धन विभागमा कुसुम महर्जन, उत्पादन प्रवद्र्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय विपद व्यवस्थापन सम्बन्धी द्रुतकार्य (आरएटी) संयोजन विभागमा विष्णु कुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संशाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवद्र्धन विभागमा हरि ढकाल प्रमुख छन् ।

आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागमा डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागमा अरनिको पाडे, तथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन प्रमुख छन् ।

विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता गौतम र अर्थ नीति विभागमा डा. स्वर्णिम वाग्ले प्रमुख छन् ।

सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभागमा डा. तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख छन् ।

पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा बिराज भक्त श्रेष्ठ, उद्योग तथा वाणिज्य विभागमा गणेश पराजुली, श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह, यातायात विभागमा शिव नेपाली प्रमुख छन् ।

पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा. तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार, सहकारी विभागमा अशोक चौधरी, बन तथा वातावरण विभागमा विनीता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख छन् ।

नीति तथा विचार विभागको प्रमुखमा कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी छन् । सुरुमा डा. मुकुल ढकाल थिए । ढकाल पार्टीबाट कारबाहीमा परेसँगै यसको जिम्मेवारी बुर्लाकोटीमा सरेको हो । प्र

शिक्षण विभागको प्रमुखमा पनि बुर्लाकोटी नै प्रमुख छन् ।

विभागी प्रमुखहरूसँग रिपोर्टिङ लिएर पार्टीको गतिविधिलाई गति दिने अर्यालको तयारी छ । यसका लागि उनले शुक्रबार पार्टीको सचिवालय बैठक राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय चमतिमा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल हुनेछ । शुक्रबारको बैठकबाट पार्टीको आगामी रणनीति तय गर्न लागिएको नेताहरू बताउँछन् । यसका लागि पार्टीको केन्द्रीय विभागमा मनोनयमा हेरफेर गर्ने तयारी समेत रास्वपाको छ ।

रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पार्टीको दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो । पार्टीको कार्यवाहक सभापतिमा अर्याल चयन भइसकेका छन् । रास्वपाको संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने तयारी छ ।

नेताहरूका अनुसार डिपी अर्याललाई संसदीय दलको कार्यवाहक नेता बनाउँदा पार्टीमा विश्वासको अवस्था कायम रहने वातावरण छ । एक नेता भन्छन्, ‘डिपी अर्याललाई नै संसदीय दलको कार्यवाहक नेता बनाउने हो । अरु हुँदा प्रश्न उठ्छ । पार्टीका कार्यकर्तामा पनि शंका हुन्छ । यसकारण डिपीलाई नै दलको कार्यवाहक नेता बनाउने तयारी छ ।’

पार्टीका अर्का पदाधिकारीले दुई दिनअघि अनलाइनखबरसँग कुरा गर्ने क्रममा वाग्लेलाई संसदीय दलको नेतृत्व दिने मोटामोटी समझदारी भइसकेको, लामिछानेको पनि त्यस्तै इच्छा रहेको बताएका थिए । सहमहामन्त्री सुमना श्रेष्ठले भने फेसबुक ग्रुपमा आफूसमेत संसदीय दल नेताको उम्मेदवार बन्ने घोषणा गर्दै ‘टीका लगाउने प्रथा’ को विपक्षमा उभिन आग्रह गरेकी थिइन् । उनले हिरासतबाट पार्टी चलाउने रविको कार्यशैलीसँग सांकेतिक असन्तुष्टि समेत जनाएकी थिइन् ।

हाल संसदीय दल उपनेता रहेका विराजभक्त श्रेष्ठले आफू स्वतः दाबेदार रहेको बताउँदै आएका छन् । चन्दा कार्कीले पनि संसदीय दल नेता दाबी गर्दै अनौपचारिक छलफल थालेकी छन् ।

यही तानातानको बीचमा पार्टीको कार्यवाहक सभापति र संसदीय दलको कार्यवाहक नेता दुवै ठाउँमा अर्याल आएमा अनौठो नहुने रास्वपाकै नेताहरू बताउँछन् । अर्यालले आफूलाई अग्रसर तुल्याउँदै पार्टीका विभिन्न विभागसम्म छोटो अवधि राखेर रिपोर्ट माग्नुका पछाडि रास्वपाले यही कारण मुख्य रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी बलियो र देशको एक नम्बर पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्। 'हामी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका ...
— तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ। निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् । कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्‌घाटन गर्ने कार्यक्रम छ । २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा ...
— मधेश प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउने अध्यादेशको विरोध गर्ने भएको छ । त्यस्तै एमालेले प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने भएको छ । मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको ...
— कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी कृषि अनुदानका विषयमा धेरै किसिमका गुनासा आउने गरेको बताउँछन् । अनुदान वितरणमा केही समस्या भए पनि वास्तविक किसानले अनुदान रकम नै नपाएको भन्न नमिल्ने उनको दाबी छ । कृषि अनुदानलगायत विषयमा उनीसँग राजु चाैधरीले गरेको कुराकानी : वास्तविक किसानले कृषिको अनुदान पाउँदैनन्, पहुँचवालाले मात्रै पाउँछन् भनिन्छ । तपाईं ...