मुख्य समाचार
आर्सनलले इंग्लिस प्रिमियर लिगमा इपस्विच टाउनलाई १–० ले हराए
आर्सनलले इंग्लिस प्रिमियर लिगमा इपस्विच टाउनलाई १–० ले हराए

— काइ हाभरटेजले गरेको एक मात्र गोलको मद्धतले आर्सनलले इंग्लिस प्रिमियर लिगमा शुक्रबार इपस्विच टाउनलाई १–० ले हराएको छ । र, लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि आर्सनलको १८ खेलबाट ३६ अंक भएको छ ।




यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो । चेल्सी ३५ अंकमा तेस्रोमा झरेको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा लियानड्रो ट्रोसार्डको क्रस उपयोग गर्दै हाभरटेजले २३ औं मिनेटमा निर्णायक गोल गरे ।


आफ्नो घरेलु मैदानमा आर्सनलले ८३ प्रतिशत भन्दा बढी खेल नियन्त्रणमा राखेको थियो । रेलिगेसनबाट बच्न संघर्षरत इपस्विच १२ अंकमा पुछारबाट दोस्रो स्थानमा छ । शुक्रबारकै अर्को खेलमा ब्राइटन र ब्रेन्टफोर्डले निराशाजनक गोलरहित बराबरी खेलेका छन् ।

ब्राइटनले आफ्नो अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलको फाइदा लिन सकेन् । प्रिमियर लिगमा ब्राइटन पछिल्ला छ खेलमा जितहीन रहेको छ । ब्राइटन २६ अंकमा दसौं स्थानमा छ भने उसको ठीक पछाडि ब्रेन्टफोर्डको २४ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...