मुख्य समाचार
मेयर बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण
मेयर बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण

: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।


शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्‍घाटन गर्दै शाहले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।

अहिले दुई तिहाईको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए। उनले पचासौं वर्षदेखि जग्गा कव्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्रापत भएको बताए। कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर-घरमा आए विश्वास नगर्न उनले स्थानीयहरूलाई सुझाव दिए।


प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोत साधनसमेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए।

शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्री वितरण गर्न सुझाव दिए। कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी बलियो र देशको एक नम्बर पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्। 'हामी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका ...
— तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ। निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् । कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्‌घाटन गर्ने कार्यक्रम छ । २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा ...
— मधेश प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउने अध्यादेशको विरोध गर्ने भएको छ । त्यस्तै एमालेले प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने भएको छ । मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको ...
— कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी कृषि अनुदानका विषयमा धेरै किसिमका गुनासा आउने गरेको बताउँछन् । अनुदान वितरणमा केही समस्या भए पनि वास्तविक किसानले अनुदान रकम नै नपाएको भन्न नमिल्ने उनको दाबी छ । कृषि अनुदानलगायत विषयमा उनीसँग राजु चाैधरीले गरेको कुराकानी : वास्तविक किसानले कृषिको अनुदान पाउँदैनन्, पहुँचवालाले मात्रै पाउँछन् भनिन्छ । तपाईं ...