रास्वपाद्वारा सुदूरपश्चिमका नौ जिल्लामा पार्टी अध्यक्ष चयन
रास्वपाद्वारा सुदूरपश्चिमका नौ जिल्लामा पार्टी अध्यक्ष चयन

— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषराज जोशीले जानकारी दिएका छन् ।




जिल्लाहरूमा भेला आयोजना गरेर समिति गठन गरिएको जोशीले जानकारी दिए । विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरूको नेतृत्वमा जिल्ला समिति गठन भएको उनले जानकारी दिए ।


जोशीका अनुसार कैलाली जिल्लाको अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन् । त्यस्तै, दार्चुलाको अध्यक्षमा गोपालसिंह कोट्टारी, बाजुराको अध्यक्षमा नवराज जैशी, अछामको अध्यक्षमा आमेप्रकाश रावल, बझाङको अध्यक्षमा सत्यराज उपाध्याय, डोटीको अध्यक्षमा केशव बलायर, डडेल्धुराको अध्यक्षमा सुरेन्द्र अवस्थी, बैतडीको अध्यक्षमा भीम नाथ र कञ्चनपुरको अध्यक्षमा पदमबहादुर विष्ट चयन भएका छन् ।

अध्यक्षहरूसँगै जिल्ला समिति पनि गठन गरिएको जोशीले जानकारी दिए । रास्वपाले पछिल्लो समय संगठन बिस्तारका क्रममा जिल्ला सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खुम्बु क्षेत्रमा यसवर्षको पहिलो हिमपात भएको छ । मध्य पौष बित्दा पनि हिउँ पर्न नसकेको खुम्बुमा गएरातिदेखि हिमपात भइरहेको हो । तापक्रममा समेत निरन्तर गिरावट आएसँगै हिउँ पर्न थालेको हो । हिउँ नपरेर खुम्बु क्षेत्रका हिमालहरू कालापत्थर जस्तै देखिन थालेका बेला हल्का हिमपात भएसँगै हिमालहरू सेता देखिन थालेका छन् भने खुम्बु क्षेत्रका गाउँहरू हिउँले सेताम्मे ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार चिसापानीमा निर्माण हुने भएको छ। सुदूरपश्चिम प्रदेशको प्रबेशद्बार चिसापानीबाट राजकाडासम्म चल्ने केबलकार जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा निर्माण हुने भएको हो। आज परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले एक कार्यक्रमबीच शिलान्यास गरेकी छन्। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, 'केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय ...
: डिपेन्डेन्ट भिसामा युवतीहरूलाई विभिन्न देशमा लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने ३५ वर्षीय होम बहादुर मगर रहेका छन्। मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी २ ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको हक अधिकार र विकासका लागि नेकपा एमालेले दृढतापूर्वक भूमिका निर्वाह गर्ने बताएका छन्। महोत्तरीको रामगोपालपुरमा शनिबार आयोजना भएको वृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले समग्र मधेसको विकासका लागि पार्टी अघि बढेको बताएका हुन्। मधेसी जनताले संघीयताको माध्यमबाट देखेका सपना जनता समाजवादी पार्टीकै कारण अधुरो रहेको ...
— बयलवास बजार नजिक शनिबार साँझ दुईवटा मोटरसाइकल ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का चालक घाइते भएका छन् । बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ...