निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडान
निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडान

— तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ। निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् ।

कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्‌घाटन गर्ने कार्यक्रम छ ।

२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो। निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो। परीक्षण उडानको तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए ।

कमलबजार विमानस्थलको निर्माण कार्य २०४९ सालमा सुरु गरिएको थियो। २०४८ सालमा ४ करोड ६३ लाख रुपैयाँको लागतमा निर्माण गर्ने इस्टिमेट गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो।

विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दाले यसलाई गाईबस्तु चराउने गौचरन, पार्टी कार्यक्रम तथा खेलकुद गतिविधिका लागि प्रयोग गर्दै आएका थिए ।

कमलबजार विमानस्थलको परीक्षण उडान सफल भएपछि यस क्षेत्रको यातायात सुविधा सहज हुने र आर्थिक विकासका लागि नयाँ आयामहरू खुल्ने विश्वास गरिएको छ । विमानस्थल सञ्चालनले अछामसहित सुदूरपश्चिमको पर्यटन, व्यापार र यातायात क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— खुम्बु क्षेत्रमा यसवर्षको पहिलो हिमपात भएको छ । मध्य पौष बित्दा पनि हिउँ पर्न नसकेको खुम्बुमा गएरातिदेखि हिमपात भइरहेको हो । तापक्रममा समेत निरन्तर गिरावट आएसँगै हिउँ पर्न थालेको हो । हिउँ नपरेर खुम्बु क्षेत्रका हिमालहरू कालापत्थर जस्तै देखिन थालेका बेला हल्का हिमपात भएसँगै हिमालहरू सेता देखिन थालेका छन् भने खुम्बु क्षेत्रका गाउँहरू हिउँले सेताम्मे ...
: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार चिसापानीमा निर्माण हुने भएको छ। सुदूरपश्चिम प्रदेशको प्रबेशद्बार चिसापानीबाट राजकाडासम्म चल्ने केबलकार जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा निर्माण हुने भएको हो। आज परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले एक कार्यक्रमबीच शिलान्यास गरेकी छन्। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, 'केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय ...
: डिपेन्डेन्ट भिसामा युवतीहरूलाई विभिन्न देशमा लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने ३५ वर्षीय होम बहादुर मगर रहेका छन्। मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी २ ...
: नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको हक अधिकार र विकासका लागि नेकपा एमालेले दृढतापूर्वक भूमिका निर्वाह गर्ने बताएका छन्। महोत्तरीको रामगोपालपुरमा शनिबार आयोजना भएको वृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले समग्र मधेसको विकासका लागि पार्टी अघि बढेको बताएका हुन्। मधेसी जनताले संघीयताको माध्यमबाट देखेका सपना जनता समाजवादी पार्टीकै कारण अधुरो रहेको ...
— बयलवास बजार नजिक शनिबार साँझ दुईवटा मोटरसाइकल ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का चालक घाइते भएका छन् । बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ...