मुख्य समाचार
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा : मृतकको संख्या ६४ पुग्यो
दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटनामा : मृतकको संख्या ६४ पुग्यो

। दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।


चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ ।

विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।



सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई विश्वका तानाशाह र अहंकारी शासकहरूसँग तुलना गरेका छन्। खामेनीले सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो विचार व्यक्त गर्दै ट्रम्पलाई लक्षित गरेका हुन्। उनले भने , "अहंकारले संसारको न्याय गर्ने अमेरिकी राष्ट्रपतिले जान्नुपर्छ कि फिरऊन, निमरुद, मोहम्मद रेजा पहलवी र अन्य जस्ता संसारका अत्याचारी र अहंकारी शासकहरूको ...
: इरानमा भइरहेको राष्ट्रव्यापी विरोध प्रदर्शनप्रति आफ्नो पछिल्लो प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकार गम्भीर समस्यामा रहेको बताएका छन्। ट्रम्पले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका हुन्। उनले भने, "इरानी सरकारले पहिले जस्तै मानिसहरूलाई मार्न थाले भने हामी कारबाही गर्नेछौं भनेर मैले धेरै जोडदार रूपमा भनेको छु। हामी उनीहरूलाई जहाँ सबैभन्दा बढी चोट पुर्‍याउँछ त्यहाँ प्रहार गर्नेछौं।" "यसको ...
: इरानमा सरकार विरोधी प्रदर्शन जारी छ। इरानबाट प्राप्त रिपोर्टहरूले विगत तीन दिनमा सुरक्षा बलको कारबाहीमा सयौं मानिस मारिएको वा घाइते भएका छन्। तीन इरानी अस्पतालका कर्मचारीले आफूहरूमा ठूलो संख्यामा घाइते रहेको बताएका छन्। बीबीसी फारसी सेवाले शुक्रबार राति रश्त शहरको एउटा अस्पतालमा ७० वटा शव ल्याइएको पुष्टि गरेको छ। अधिकारीहरूले प्रदर्शनकारीलाई "भगवानका पापी" मान्न ...
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम