मुख्य समाचार
आईएमई समूहको लगानीमा चिसापानीमा केबलकार
आईएमई समूहको लगानीमा चिसापानीमा केबलकार

— आईएमई समूहले कैलालीको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण गर्ने भएको छ । लम्कीचुहा नगरपालिका–३ मा बन्ने केबलकार ३.१ किलोमिटर लामो हुने समूहले जनाएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार केबलकारको शिलान्यास गरिन् ।




चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो र ब्यांक्वेट हल निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।


यसैगरी टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुनेछन् ।

केबलकार निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने परराष्ट्रमन्त्री आरजुले बताइन् । ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ,’ उनले भनिन्, ‘सुदूरपश्चिम क्षेत्रका समुदाय विकासप्रेमी पनि छन् ।’ सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार र होटलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम तथा मुलुककै समृद्धिका लागि ठूलो उपलब्धि हुने उनको भनाइ छ ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए । ‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधार निकै कम छन्,’ उनले भने, ‘यस्ता पूर्वाधारका थप आयोजना लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईंहरूलाई स्वागत गर्दछौं ।’

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णालीको चिसापानीमा निर्माण हुने केबलकार र रिसोर्टले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनाए । पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको र पर्यटन पूर्वाधन बनाउन आवश्यक रहेको जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। ललाई फकाई विवाह गराइदिने भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बिक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्र बहादुर मल्लले जानकारी दिए। सकुन्तलाले काम लगाइदिने भन्दै १२ वर्षीय बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको ...
— नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मंसिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया ...
— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 'नोट अफ डिसेन्ट' लेखेका छन् । घिसिङले लेखेको 'नोट अफ डिसेन्ट'लाई प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् । पहिलो पटक प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बाेर्डका सदस्य सचिव घिसिङले नोट अफ डिसेन्ट ...
— प्रधानमन्त्री केपी ओली शर्माले ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ लाई सफल बनाउन प्रतिबद्धता जाहेर गरेका छन् । मंगलबार बालुवाटार प्रधानमन्त्री निवासमा राष्ट्रिय बाल कल्याण परिषद् (एनसीआरसी) को अगुवाईमा बाल अभियानकर्मीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् । बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाहमुक्त ...
— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्मअनुसार जनताले अनुभूति गर्न नपाएको बताएका छन् । जनता समाजवादी पश्चिम नवलपरासीले आयोजना गरेको संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हकुईमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने भन्दै जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए । प्रदेश ...