मुख्य समाचार
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु

— बयलवास बजार नजिक शनिबार साँझ दुईवटा मोटरसाइकल ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का चालक घाइते भएका छन् ।




बयलवास–बबरगन्ज सडकखण्ड अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको हो ।


चौधरीलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९, खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुवार घाइते भएका छन् । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— लुम्बिनी प्रदेश सभा पाँचौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट फिर्ता भएको कर्मचारी विधेयक पेश हुँदैछ । मुख्यमन्त्री चेतनारायण आचार्यले सभामा विधेयक सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख घर्तीले प्रदेश निजामती सेवा ऐन, २०८० लाई ...
— कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरेका छन् । मंगलबार हेटौंडामा ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन । प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै ...
— सोमबार राति ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । ब्यास–३ गल्था नजिक एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ब्यास गाउँपालिका सुन्सेराको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाइते भएका छन् । गाउँपालिकाको केन्द्र सुन्सेराबाट आफ्नो घर गल्था जाने क्रममा एम्बुलेन्स तिंकर सडकबाट करिब ...
: परीक्षा बिग्रिएपछि महोत्तरीमा ३ जना विद्यार्थीले एकैसाथ विष सेवन गरेका छन्। बर्दिबास नगरपालिका-१० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सिरहा धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव विष सेवन गरेका हुन्। जसमध्ये रिङ्कु शर्माको मृत्यु भइसकेको छ। यता उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको ...
: खानेपानी मन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी बुटवलबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुटवल खानेपानी सुधार आयोजनाअन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाँध स्थलको प्राविधिक टोलीसहित स्थल गत निरीक्षण गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्। 'झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र ...