मुख्य समाचार
डिपेन्डेन्ट भिसामा युवतीहरूलाई विभिन्न देशमा लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
डिपेन्डेन्ट भिसामा युवतीहरूलाई विभिन्न देशमा लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

: डिपेन्डेन्ट भिसामा युवतीहरूलाई विभिन्न देशमा लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-६ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने ३५ वर्षीय होम बहादुर मगर रहेका छन्।


मगरले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्स एपका माध्यमबाट साथी बनी कोरिया लगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी २ जना पीडितलाई २१ लाख रुपैयाँ रकम जम्मा गर्न लगाएपश्चात सम्पर्कबिहीन भई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ बाँसबारीबाट पक्राउ गरेको हो।

उनलाई ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्य सचिव तथा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले 'नोट अफ डिसेन्ट' लेखेका छन् । घिसिङले लेखेको 'नोट अफ डिसेन्ट'लाई प्राधिकरणका सञ्चालक सदस्यद्वय रतन ऐर र भरत आचार्यले समेत समर्थन गरेका छन् । पहिलो पटक प्राधिकरण सञ्चालक समितिको बैठकमा कार्यकारी निर्देशक तथा बाेर्डका सदस्य सचिव घिसिङले नोट अफ डिसेन्ट ...
— प्रधानमन्त्री केपी ओली शर्माले ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ लाई सफल बनाउन प्रतिबद्धता जाहेर गरेका छन् । मंगलबार बालुवाटार प्रधानमन्त्री निवासमा राष्ट्रिय बाल कल्याण परिषद् (एनसीआरसी) को अगुवाईमा बाल अभियानकर्मीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् । बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाहमुक्त ...
— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्मअनुसार जनताले अनुभूति गर्न नपाएको बताएका छन् । जनता समाजवादी पश्चिम नवलपरासीले आयोजना गरेको संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हकुईमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने भन्दै जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए । प्रदेश ...
: आज अन्तराष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज काठमाडौंलगायत देशका विभिन्न स्थानमा टोपी दिवस मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि जागरूक युवाले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् ...
— नेपाली कम्युनिस्ट राजनीतिमा कुनै बेलाका चर्चित नेता एवं एमाले पूर्वउपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेताको हैसियत पाएमात्रै नेकपा एकीकृत समाजवादीमा समाहित हुने बताएका छन् । नेकपा एकता अभियानलाई एकीकृत समाजवादीमा विलय गराउन सोमबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्ता गरी फर्किएका गौतमसँग ईकान्तिपुरका लागि गंगा बीसीले गरेको संक्षिप्त कुराकानी : नेकपा एससँग एकताका लागि ...