मुख्य समाचार
सात अर्बमा बन्दैछ सुदूरपश्चिमको पहिलो केबलकार
सात अर्बमा बन्दैछ सुदूरपश्चिमको पहिलो केबलकार

: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको लगानीमा सुदूरपश्चिममा पहिलो केबलकार चिसापानीमा निर्माण हुने भएको छ।


सुदूरपश्चिम प्रदेशको प्रबेशद्बार चिसापानीबाट राजकाडासम्म चल्ने केबलकार जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा निर्माण हुने भएको हो। आज परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले एक कार्यक्रमबीच शिलान्यास गरेकी छन्।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, 'केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय विकासमा मद्धत पुग्ने बताइन्। सुदूरपश्चिम प्रदेश प्राकृतिक सुन्दरता, स्रोत साधनयुक्त प्रदेश हो। केबलकारको लगानीले थप लगानी भित्र्याउन सहज हुनेछ।'


उनले सुदूरपश्चिमको विकासका लागि कृषि जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन्। 'देशको समृद्धिका लागि नै दुई दल मिलेर सरकार गठन गरेको हो,' मन्त्री राणाले भनिन्, 'देशको समग्र विकासका लागि बाधकरूपमा रहेका ऐन, कानुन र नियमहरू संशोधनको तयारी भइरहेको छ। त्यसले देशको समृद्धि हुने गरी काम भइरहेको छ।'

केबलकारको निर्माणले सुदूरपश्चिमको पर्यटकीय विकाससँगै निजि क्षेत्रलाई लगानीको वातावरण बनाउन थप मद्धत पुग्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताए। 'निजी क्षेत्रलाई सुदूरपश्चिममा लगानी ल्याउन आग्रह गर्दछु,' उनले भने, 'प्रदेस सरकार लगानीको वातावरण बनाउन प्रतिबद्ध छ।'

होटल, रिसोर्ट, केबलकारसहितका पर्यटकीय पूर्वाधारहरू सो केबलकार कम्पनीले निर्माण गर्नेछ। गत वैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

आयोजना स्थलका एक हजार आठ सय ६६ वटा रुख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमीन कम्पनीका नाममा सारिएको छ। चिसापनीदेखि राजकाँडासम्म केबलकारको कूल लम्बाई ३.१ किलोमिटरको रहने छ।

केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन्। केबलकार निर्माणसँगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नति गर्ने बताइएको छ। राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटलसमेत निर्माण गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी गरेका छन् । मंगलबार हेटौंडामा ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विधानअनुसार नै महाधिवेशन समयमै हुने दाबी गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन । प्रतिबन्धित कालमा महाधिवेशन गरेको पार्टीले अहिले समयमै ...
— सोमबार राति ब्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको छ । ब्यास–३ गल्था नजिक एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ब्यास गाउँपालिका सुन्सेराको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८३० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाइते भएका छन् । गाउँपालिकाको केन्द्र सुन्सेराबाट आफ्नो घर गल्था जाने क्रममा एम्बुलेन्स तिंकर सडकबाट करिब ...
: परीक्षा बिग्रिएपछि महोत्तरीमा ३ जना विद्यार्थीले एकैसाथ विष सेवन गरेका छन्। बर्दिबास नगरपालिका-१० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत सिरहा धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव विष सेवन गरेका हुन्। जसमध्ये रिङ्कु शर्माको मृत्यु भइसकेको छ। यता उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको ...
: खानेपानी मन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र निर्माण सम्पन्न गरी बुटवलबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। बुटवल खानेपानी सुधार आयोजनाअन्तर्गत नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको बाँध स्थलको प्राविधिक टोलीसहित स्थल गत निरीक्षण गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन्। 'झुम्सा खोला खानेपानी आयोजना यथाशिघ्र ...
— नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले पार्टी एकतालाई गम्भीरताका साथ नलिएसम्म नेकपा (माओवादी केन्द्र) सँग एकता नहुने बताएका छन् । काठमाडौंमा मंगलबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले एकताको विषयलाई गम्भीरताका साथ नलिएसम्म कुनै पनि क्रान्तिकारी शक्तिसँग एकता नहुने बताएका हुन् । उनले माओवादीसँगको पार्टी एकता सकियो भन्ने भ्रम फैल्याइएको भन्दै एकताका लागि ...