मुख्य समाचार
‘स्क्विड गेम’ ९२ देशमा ट्रेन्डिङको शीर्षस्थानमा
‘स्क्विड गेम’ ९२ देशमा ट्रेन्डिङको शीर्षस्थानमा

। नेटफ्लिक्सको बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’को सिजन २ यतिबेला स्ट्रिमिङ भइरहेको छ । नेपालमा समेत यो सिरिजलाई हेर्ने दर्शकको संख्या उल्लेख्य छ ।

नेटफ्लिक्सले आधिकारिक तथ्यांक त सार्वजनिक गरिसकेको छैन । यद्यपि, प्रिमियर भएको दिन २६ डिसेम्बरदेखि यो सिरिज विश्वभर धेरै हेरिने श्रृंखला बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।




रिलिजको भएको २४ घण्टाभित्रै ९२ मुलुकमा यो श्रृंखला धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । यो सूचीमा अमेरिका, भारत, दक्षिण कोरिया, बेलायत, अस्ट्रेलिया, थाइल्याण्ड, ब्राजिल, फ्रान्स, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना लगायतका मुलुक छन् । न्युजिल्याण्डमा यो श्रृंखला दोस्रो स्थानमा छ ।

यो दक्षिण कोरियाली श्रृंखलाले आईएमडीबीमा १० मा ८ रेटिङ पाएको छ भने रटन टम्याटोजमा ९५ प्रतिशत रेटिङ प्राप्त गरेको छ । तीन वर्षपछि घातक खेलमा फर्किएको मुख्य पात्र सिओङ गि–हुनको कथा दोस्रो सिजनमा छ । पहिलो भागमा ऋणबाट मुक्त हुनका लागि पैसा कमाउने उद्देश्यले भाग लिएको गि–हुन दोस्रो सिजनमा भने यो घातक खेललाई रोक्ने संघर्षमा छ ।

यदि तपाईंले पहिलो भाग हेर्नुभएको छ भने दोस्रो श्रृंखला अझै रोचक हुनसक्छ । यसपटक पनि ४५६ जना खेलाडी घातक खेलको प्रतिस्पर्धामा छन् । दोस्रो सिजन कुल ७ भागको छ ।

‘स्क्विड गेम’का सिर्जनाकर्ता ह्वाङ डोङ–ह्युकका अनुसार तेस्रो सिजन पनि आउने तयारीमा छ । भेराइटी म्यागेजिनसँगको अन्तर्वार्तामा ह्युकले सम्भवतः अर्को वर्षको गर्मीयाममा तेस्रो सिजन आउनसक्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत र प्रतिस्पर्धा गरेका ६ फिल्मको प्रदर्शन यहाँ गरिएको छ । महोत्सवको प्रवद्र्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस प्रदर्शन छायाँ हलमा ३ दिनसम्म गरिएको थियो । चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेका हुन् । तीन दिनसम्म देखाइएका ती फिल्मलाई करिब ...
। बलिउड फिल्मकर्मीको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोएज’ ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ । डिसेम्बरमा रणवीर निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएपछि संगठनले सो निर्णय गरेको थियो । संगठनले आफूलाई पठाइएका कानुनी नोटिसको जवाफ कानुनी टोलीमार्फत दिने जनाएको छ । भारतीय मोशन ...
विश्वप्रसिद्ध पप गायिका डुआ लिपा र अभिनेता क्यालम टर्नर विवाह बन्धनमा बाँधिएका छन् । दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आइतबार लन्डनस्थित ओल्ड मेरीलेबोन टाउन हल मा पारिवारिक सदस्य र नजिकका साथीभाइको उपस्थितिमा सादगीपूर्ण समारोहबीच विवाह गरेका हुन् । सार्वजनिक भएका तस्वीरमा ३० वर्षीया डुआ लिपा सेतो स्कर्ट-सुट, चौडा टोपी, सेता पञ्जा र हिल ...
। १६ साउनमा आयोजना हुन लागेको मिस नेपाल २०२६ को ग्रान्ड फिनालेमा सहभागी हुन वर्तमान मिस कस्मोसहितको टोली नेपाल आउने भएको छ । मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो । निर्देशक प्रमोद कंशाकारका अनुसार मिस कस्मो २०२५ योलिना लिन्डक्विस्ट, मिस कस्मो २०२५ की रनरअप चेल्सी फर्नान्डेज र मिस ...
स्पेनको एक अदालतले चर्चित गायिका शकिरालाई कर विवादमा असुल गरिएको करिब ५५ मिलियन युरो (झण्डै ५० मिलियन पाउण्ड) फिर्ता गर्न त्यहाँको कर निकायलाई आदेश दिएको छ । स्पेनको राष्ट्रिय उच्च अदालतले शाकिरामाथि लगाइएको कर छलीको आरोपबाट सफाइ दिँदै ब्याजसहित रकम फिर्ता गर्न आदेश दिएको हो । अदालतले सन् २०११ मा उनी स्पेनमा १८३ दिन बसेको प्रमाण ...