मुख्य समाचार
दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति
दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति

। दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् ।

यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ ।


गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक-सू कार्यवाहक राष्ट्रपति बनेका थिए ।

महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो ।



सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन । अब अर्थमन्त्री चोई सांग-मोकले कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हाल्नेछन्।

चोई सांगले ३ डिसेम्बरमा मार्शल ल लागु गर्ने तत्कालीन राष्ट्रपतिको निर्णयको खुलेर विरोध गरेका थिए। उनले यसलाई देशको अर्थतन्त्रका लागि विनाशकारी बताएका थिए।

यसअघि ३ डिसेम्बरमा राष्ट्रपति यून सुक योलले देशमा संकटकाल (मार्शल ल) लगाएका थिए। तर विपक्षी दलको प्रयासका कारण यो केवल ६ घण्टाका लागि मात्र लागु भयो। विपक्षी दलले संसदमा मतदान गरेर मार्शल लको प्रस्तावलाई अवैध घोषित गरेको थियो।

त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग चलाएर हटाइएको थियो।

१४ डिसेम्बरमा हान डक-सूलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो, तर उनी यो पदमा केवल १३ दिन मात्र रहन सके।

शुक्रबार संसदमा मतदान हुँदा ठूलो हंगामा भएको थियो। सभामुखले कार्यवाहक राष्ट्रपतिलाई हटाउन ५० प्रतिशत सांसदको मत आवश्यक पर्ने बताएका थिए। यसरी हेर्दा केवल १५१ सांसदको मतले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सकिने थियो। संसदमा विपक्षी दलसँग १९२ सिट छ। त्यसैले कार्यवाहक राष्ट्रपतिलाई हटाउन सजिलो भयो।

सत्ताधारी दलसँग केवल १०८ सिट भएकाले यसको विरोध गरेको थियो। यसअघि राष्ट्रपति यूनलाई हटाउन २०० सिट आवश्यक थियो। महाअभियोग सफल भएपछि कार्यवाहक राष्ट्रपति हानले संसदको निर्णयको सम्मान गर्ने बताएका छन्। तर उनले संवैधानिक अदालतको फैसलाको प्रतीक्षा गर्ने बताएका छन् ।

कार्यवाहक राष्ट्रपतिविरुद्ध किन लगाइयो महाअभियोग ?

दक्षिण कोरियामा संकटकाल लगाउने युन सुक योललाई महाअभियोग लगाएर पदबाट हटाइए पनि उनी पूर्ण रूपमा पदच्युत हुन संवैधानिक अदालतको निर्णय कुर्नुपर्ने हुन्छ। यदि अदालतका नौ न्यायाधीशमध्ये छ जनाले उनको पक्षमा फैसला गरे भने उनी पुनः देशका राष्ट्रपति बन्न सक्नेछन्।

तर अहिले दक्षिण कोरियाको संवैधानिक अदालतमा केवल ६ मात्र न्यायाधीश छन्। यसको अर्थ एक जना न्यायाधीशले पनि युन सुक योलको पक्षमा मतदान गरेमा उनी पुनः राष्ट्रपति बन्न सक्छन्।

यही कारणले विपक्षी दलले सर्वोच्च अदालतमा रिक्त तीन पदहरू पूर्ति गर्न चाहन्छ, तर कार्यवाहक राष्ट्रपति हान डक-सूले यसलाई अस्वीकार गरेका थिए । योसँगै रुष्ट विपक्षीले उनीविरुद्ध नै महाअभियोग लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— महँगीकोविरुद्ध इरानमा सुरु भएको प्रदर्शनले उग्र रूप लिएको छ । विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको यस सरकार विरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु भइसकेको छ । नर्वेस्थित 'इरान ह्युमन राइट्स' (आईएचआर)लाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले प्रदर्शनका क्रममा हालसम्म ४५ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका रहेका ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अन्तर्राष्ट्रिय कानुन नचाहिने बताएका छन् । न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूलाई 'नैतिकता'ले मात्र रोक्न सक्ने बताएका हुन् । ट्रम्पले अन्तर्वार्ताका क्रममा भनेका छन्, 'मलाई अन्तर्राष्ट्रिय कानुन आवश्यक छैन । मलाई रोक्न सक्ने भनेको मेरै आफ्नै नैतिकता हो, मेरै आफ्नै मस्तिष्क हो ।' उनले अगाडि भनेका छन्, 'म मानिसहरूलाई ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिएका छन् । कोलम्बियास्थित सञ्चारसंस्था कोलम्बिया रिपोर्टका अनुसार पछिल्लो समय बिग्रिएको दुई देशबीचको सम्बन्धलाई पुनः लयमा फर्काउने प्रयासस्वरूप ट्रम्पले यस्तो कदम चालेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत पेट्रोसँग फोनमा कुराकानी भएको र उनलाई भेट्न उत्सुक रहेको जानकारी दिएका छन् ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नयाँ ‘भिसा बन्ड’ नीतिमा नेपाललाई पनि समावेश गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालय (यूएस डिपार्टमेन्ट अफ स्टेट) ले सूचना सार्वजनिक गर्दै २१ जनवरी २०२६ देखि नेपाललाई पनि ‘भिसा बन्ड’ नीतिमा समावेश गर्ने भएको हो । नेपाललाई ‘भिसा बन्ड’ नीतिमा समावेश गरेसँगै २१ जनवरीदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले ५ ...
: अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले चलाएको गोली लागेर एक महिलाको मृत्यु भएको छ। अमेरिकी अधिकारीहरूले गोली प्रहार आत्मरक्षाका लागि गरिएको दाबी गरेका छन्। तर, स्थानीय नेतृत्वले भने उक्त दाबीमाथि प्रश्न उठाएको छ। बीबीसीका अनुसार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) का अनुसार ती महिलाले अफिसरमाथि गाडी चलाएर आक्रमण गर्ने प्रयास गरेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताएका छन्। गृह ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम