मुख्य समाचार
अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप
अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना रूसको कारण भएको आरोप

। अजरबैजान एयरलाइन्सले बुधबार कजाकस्तानमा भएको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको दाबी गरेको छ ।

दुर्घटनामा एम्ब्रेयर विमान उच्च गतिमा खसेर अकताउ विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर अगाडि नै आगो लागेर दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको थियो ।


यो विमान दक्षिणी रूसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने योजनामा रहेको बताइएको छ ।

रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले शुक्रबार बताएअनुसार चेचन्याको राजधानीमा स्थिति निकै जटिल रहेकोले त्यहाँ उडानमा प्रतिबन्ध लगाइएको थियो ।



यो विमान दुर्घटनापछि अजरबैजान एयरलाइन्सले रूसका सात शहरहरूमा उडानहरू स्थगित गरेको छ।

युक्रेनको गुप्तचर निर्देशनालयका प्रमुखले पनि यस विमान दुर्घटनाको जिम्मेवारी रूसलाई दिएका छन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दमित्री पेस्कोवले यी आरोप बारे भने, ‘म एकपटक फेरि दोहोर्‍याउँछु, मैले जे भनेको छु, त्यसमा मलाई अरू केही थप्नुपर्ने छैन। यो विमान दुर्घटनाको अनुसन्धान भइरहेको छ र जबसम्म अनुसन्धानको नतिजाबाट कुनै निष्कर्ष निस्कँदैन, हामी आफूलाई कुनै निष्कर्ष निकाल्न योग्य मान्दैनौं र त्यसो गर्नेछैनौँ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...