मुख्य समाचार
वृद्धवृद्धा र सुरक्षामा जापानमा अहिलेसम्मकै धेरै बजेट
वृद्धवृद्धा र सुरक्षामा जापानमा अहिलेसम्मकै धेरै बजेट

। जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसंख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ ।

सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ ।


सामाजिक सुरक्षा खर्च पनि ३८.३ ट्रिलियन येन समावेश छ जुन अघिल्लो वर्षको ३७.७ ट्रिलियन येनभन्दा बढी हो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाको चेतावनीलाई दोहोर्‍याउँदै जापानले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कठिन र जटिल सुरक्षा वातावरणको सामना गरिरहेको रक्षा मन्त्रालयले जनाएको छ ।



जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ।

जापानले सन् २०२२ मा प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिलाई अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई स्पष्ट रूपमा सङ्केत गर्दै सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नाटोको मापदण्डमा दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार स्वीकृत ८.७ ट्रिलियन येनले जापानको आत्मरक्षा बलमा भर्ती भएकाहरूलाई आकर्षित गर्न र ओकिनावाका स्थानीयहरूसँग अमेरिका र जापानी सेनाबीचको सम्बन्ध सुधार गर्न मद्दत पुर्‍याउने उपायहरूको लागि भुक्तानी गर्न मद्दत गर्नेछ ।

यसले उत्तर कोरियाले प्रहार गरेका ब्यालेस्टिक क्षेप्यास्त्रहरू र चीनसँग विवादित क्षेत्रसहित जापानको समुद्री क्षेत्रमा जहाजहरूको गतिविधिको बारेमा जानकारी सङ्कलन गर्ने उपग्रह प्रणालीतर्फ पनि जानेछ ।

योमिउरी पत्रिकाले बिहीबार आयोजना गरेको एक कार्यक्रममा इशिबाले भने, ‘हाम्रो प्रतिरक्षा क्षमतालाई बलियो बनाउने विषयमा हामी सक्रियताका साथ काम गरिरहेका छौं ।’

‘अहिले हाम्रो सैन्य ट्याङ्क वा सवारी साधन जतिसुकै धेरै भएपनि यदि हामीसँग उनीहरूलाई सार्न पर्याप्त मानिस छैनन् भने त्यो निरर्थक छ,’ नयाँ सेनाको अभावलाई पूरा गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री इशिबाले भने ।

देशले सामना गरिरहेको अर्को चुनौती भनेको लामो समयदेखि कम जन्मदर र आप्रवासनको लागि सतर्क दृष्टिकोणको कारण यसको वृद्ध जनसंख्या हो।

जापान विश्वको सबैभन्दा पुरानो समाजमध्ये एक हो र यो वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसको अनुपात २९.३ प्रतिशत पुगेको छ ।

बजेटको मस्यौदा संसद्बाट पारित गर्नुपर्ने छ र सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको सानो गठबन्धन साझेदार कोमेइतोलाई विपक्षी दलहरूको सहयोग आवश्यक पर्नेछ ।

इशिबाले गठबन्धनलाई १५ वर्ष यताकै सबैभन्दा कमजोर चुनावी नतिजा प्राप्त गरेपनि प्रधानमन्त्रीको रूपमा जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन् ।

सन् २०२५ को ग्रीष्मयाममा संसदको माथिल्लो सदनको निर्वाचन हुनेछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...
। जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्व प्रदर्शनी) सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ । निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो । एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन ...
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरूले १.०२ पेटाबाइट्स (१० लाख २० हजार गिगाबाइट) प्रति सेकेन्ड गतिको इन्टरनेट विकास गर्न सफल भएका छन् । इन्टरनेटको यो गति यतिधेरै उच्च हो कि यसमार्फत नेटफ्लिक्समा रहेका सम्पूर्ण भिडियोहरु एक सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । त्यस्तै १५० जीबी साइजको ...