मुख्य समाचार
वृद्धवृद्धा र सुरक्षामा जापानमा अहिलेसम्मकै धेरै बजेट
वृद्धवृद्धा र सुरक्षामा जापानमा अहिलेसम्मकै धेरै बजेट

। जापान सरकारले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पारित गरेको छ । बजेटले बृद्धहरू जनसंख्याको व्यवस्थापनका लागिसामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न बजेटमा विशेष ध्यान दिएको छ ।

सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५.५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८.७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको छ ।


सामाजिक सुरक्षा खर्च पनि ३८.३ ट्रिलियन येन समावेश छ जुन अघिल्लो वर्षको ३७.७ ट्रिलियन येनभन्दा बढी हो ।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाको चेतावनीलाई दोहोर्‍याउँदै जापानले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा कठिन र जटिल सुरक्षा वातावरणको सामना गरिरहेको रक्षा मन्त्रालयले जनाएको छ ।



जापानसँग युद्धपछिको शान्तिवादी संविधान छ, जसले उसको सैन्य क्षमतालाई रक्षात्मक उपायहरूमा सीमित गर्दछ।

जापानले सन् २०२२ मा प्रमुख सुरक्षा र प्रतिरक्षा नीतिलाई अद्यावधिक गर्दै चीनले खडा गरेको चुनौतीलाई स्पष्ट रूपमा सङ्केत गर्दै सन् २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नाटोको मापदण्डमा दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ ।

शुक्रबार स्वीकृत ८.७ ट्रिलियन येनले जापानको आत्मरक्षा बलमा भर्ती भएकाहरूलाई आकर्षित गर्न र ओकिनावाका स्थानीयहरूसँग अमेरिका र जापानी सेनाबीचको सम्बन्ध सुधार गर्न मद्दत पुर्‍याउने उपायहरूको लागि भुक्तानी गर्न मद्दत गर्नेछ ।

यसले उत्तर कोरियाले प्रहार गरेका ब्यालेस्टिक क्षेप्यास्त्रहरू र चीनसँग विवादित क्षेत्रसहित जापानको समुद्री क्षेत्रमा जहाजहरूको गतिविधिको बारेमा जानकारी सङ्कलन गर्ने उपग्रह प्रणालीतर्फ पनि जानेछ ।

योमिउरी पत्रिकाले बिहीबार आयोजना गरेको एक कार्यक्रममा इशिबाले भने, ‘हाम्रो प्रतिरक्षा क्षमतालाई बलियो बनाउने विषयमा हामी सक्रियताका साथ काम गरिरहेका छौं ।’

‘अहिले हाम्रो सैन्य ट्याङ्क वा सवारी साधन जतिसुकै धेरै भएपनि यदि हामीसँग उनीहरूलाई सार्न पर्याप्त मानिस छैनन् भने त्यो निरर्थक छ,’ नयाँ सेनाको अभावलाई पूरा गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री इशिबाले भने ।

देशले सामना गरिरहेको अर्को चुनौती भनेको लामो समयदेखि कम जन्मदर र आप्रवासनको लागि सतर्क दृष्टिकोणको कारण यसको वृद्ध जनसंख्या हो।

जापान विश्वको सबैभन्दा पुरानो समाजमध्ये एक हो र यो वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसको अनुपात २९.३ प्रतिशत पुगेको छ ।

बजेटको मस्यौदा संसद्बाट पारित गर्नुपर्ने छ र सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी र यसको सानो गठबन्धन साझेदार कोमेइतोलाई विपक्षी दलहरूको सहयोग आवश्यक पर्नेछ ।

इशिबाले गठबन्धनलाई १५ वर्ष यताकै सबैभन्दा कमजोर चुनावी नतिजा प्राप्त गरेपनि प्रधानमन्त्रीको रूपमा जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन् ।

सन् २०२५ को ग्रीष्मयाममा संसदको माथिल्लो सदनको निर्वाचन हुनेछ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापान सरकारले सामाजिक सञ्जाल प्रयोग गर्ने युवापुस्ताको सुरक्षाका लागि प्रयोगकर्ताको उमेर प्रमाणीकरण प्रक्रियामा कडाइ गर्ने योजना बनाएको छ। मंगलबार बसेको सञ्चार मन्त्रालयको सरकारी कार्यदलको बैठकले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरूको जिम्मेवारीलाई थप सुदृढ बनाउनुपर्ने निष्कर्ष निकालेको हो। कार्यदलका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरणमा कडाइ गर्नुका साथै नाबालिगहरूका लागि केही सुविधाहरूमा प्रतिबन्ध लगाउनुपर्ने हुन्छ। यद्यपि, ...
: बाढीका कारण क्षतिग्रस्त भएको सिन्धुलीस्थित बीपी राजमार्गको आपतकालीन पुनःनिर्माण सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले आइतबार सडक पुनःनिर्माणको औपचारिकरूपमा शिलान्यास गरेका हुन्। नेपालस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिअनुसार पुनःस्थापना कार्य जापानको अग्रणी निर्माण कम्पनी शिमिजु कर्पोरेसनले गर्नेछ। मध्य तथा पूर्वी तराईलाई राजधानी काठमाडौंसँग ...
। रुसले जापान शान्तिवादी नीतिबाट भइरहेको विचलनको आलोचनालाई पुन: दोहोर्‍याएको छ। टोकियोले ‘इतिहासका पाठहरू’ बिर्सिंदै गएको आरोप मस्कोले लगाएको छ। बुधबार ‘टास’ समाचार संस्थामा प्रकाशित एक अन्तर्वार्तामा रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले जापान आफ्ना ‘तीन गैर-आणविक सिद्धान्तहरू’बाट टाढिँदै गएको बताए। दोस्रो विश्वयुद्धपछि स्थापित यस नीतिले जापानलाई आफ्नो भूमिमा आणविक हतियार राख्न, उत्पादन गर्न वा प्रवेश गराउन निषेध ...
: जापान सरकार र युएनडीपीले ‘क्लाइमेट प्रमिस’ पहलअन्तर्गत १२ लाख ९६ हजार अमेरिकी डलर बराबरको 'स्मार्ट बिल्डिङ्स एण्ड ग्रीन इन्फ्रास्ट्रक्चर फर इम्प्रुभ्ड ह्युमन सेक्युरिटी एण्ड सस्टेनेबल डेभलपमेन्ट' परियोजना सुरु गरेका छन्। उक्त परियोजना कैलालीको धनगढी उपमहानगरपालिकामा बढ्दो जलवायु जोखिमसँग जुध्न सहरी सहनशीलता अभिवृद्धि गर्न केन्द्रित रहनेछ। जापानी राजदूत माएदा तोरु र नेपालका लागि युएनडीपीका आवासीय प्रतिनिधि ...
जापानले मंगलबार आफ्नो रक्षा निर्यात नियमहरूमा दशकौंपछिको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गर्दै हतियार बिक्रीमा कायम रहेका पुराना प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाएको छ। यो निर्णयसँगै अब जापानले युद्धपोत, मिसाइल र अन्य उन्नत सैन्य उपकरणहरू विश्व बजारमा निर्यात गर्ने मार्ग प्रशस्त गरेको छ। दोस्रो विश्वयुद्धपछिको आफ्नो शान्तिवादी नीतिलाई परिमार्जन गर्दै जापानले आफ्नो रक्षा उद्योगलाई बलियो बनाउन र क्षेत्रीय शक्ति ...