मुख्य समाचार
फेवातालमा ड्रागन बोट फेस्टिभल
फेवातालमा ड्रागन बोट फेस्टिभल

: पोखराको फेवाताल दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ। चिनियाँ दूतावासको मुख्य आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र प्राविधिक सहितको टोली चाटर्ड उडानमा पोखरा आएका थिए।


ड्रागन बोट रेस गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको हो। नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजना रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ड्रागन बोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु थापाले गत वर्षदेखि सुरु भएको ड्रागन बोट फेस्टिभलले चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोगी हुने विश्वास गरे।


नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सन् २०२५ लाई चीनले नेपाल भ्रमण वर्षका रूपमा घोषण गरेको बताए। यसले पर्यटक नेपाल आउने क्रम बढ्ने बताए। ड्रागनबोट रेस लगायतका खेलकुदका कार्यक्रमबाट चीन र नेपालको सम्बन्ध जनस्तरबाटै बलियो हुने उनको भनाइ छ।

रेसमा नेपालका ११, चीनका ८ र सिंगापुरका १ गरी २० टोलीको सहभागिता छ। रेसले पोखरामा चिनियाँ लगायत विभिन्न देशका पर्यटकको आगमन बढाउन सहयोगी हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। प्रतियोगितामा ५ सय मिटर र २ सय मिटर दूरीको रेस हुने छ। रेसमा दुवै विधामा प्रथम हुने टिमले ५/५ हजार डलर पुरस्कार पाउने छन्।

यसैगरी दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १२ सय डलर पाउने छन्। अरू सहभागीलाई ५/५ सय डलर प्रदान गरिने छ। पुरस्कारमा मात्र २५ हजार डलर खर्च हुने छ। रेसमा खेलाडी, प्राविधिकसहित गरी २ सय भन्दा बढीको सहभागिता रहने बताइएको छ। पहिलो दिनको प्रतिस्पर्धामा अधिकांश विधामा चिनियाँ खेलाडी अगाडि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...
जादुको छडी समात्नुस् र झाडू तयार पार्नुस्, किनकि हग्वाट्र्स पुनः बोलाइरहेको छ । एचबीओले आफ्नो आगामी ‘ह्यारी पोटर’ सिरिजको पहिलो ट्रेलर सार्वजनिक गर्दै दर्शकलाई नयाँ ढंगले जादुयी संसारमा फर्किन निम्तो दिएको छ । नेटवर्कका अनुसार यसको पहिलो सिजन सन् २०२६ को क्रिसमसमा सार्वजनिक हुनेछ । ट्रेलरको सुरुवातमा ह्यारी डस्र्ली घरमा भर्‍याङमुनिको सानो कोठामा बसिरहेको देखिन्छ । ...
। यसवर्षको ‘मिस वर्ल्ड’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ । दक्षिणपूर्वी एसियाली मुलुकले पहिलोपटक प्रतिस्पर्धा आयोजना गर्न लागेको हो । यसको पुष्टि ‘मिस वर्ल्ड’ले अफिसियल सामाजिक सञ्जालका पृष्ठबाट समेत गरेको छ । यद्यपि, त्यहाँ हुने निश्चित भएपनि यसको औपचारिक घोषणा भने हुन बाँकी छ । मिस वर्ल्ड भियतनाम आयोजकले बुधबार राति यसबारे जानकारी दिँदै यस वर्षको ...