मुख्य समाचार
फेवातालमा ड्रागन बोट फेस्टिभल
फेवातालमा ड्रागन बोट फेस्टिभल

: पोखराको फेवाताल दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ। चिनियाँ दूतावासको मुख्य आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र प्राविधिक सहितको टोली चाटर्ड उडानमा पोखरा आएका थिए।


ड्रागन बोट रेस गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको हो। नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजना रहेको छ।

उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ड्रागन बोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु थापाले गत वर्षदेखि सुरु भएको ड्रागन बोट फेस्टिभलले चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोगी हुने विश्वास गरे।


नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सन् २०२५ लाई चीनले नेपाल भ्रमण वर्षका रूपमा घोषण गरेको बताए। यसले पर्यटक नेपाल आउने क्रम बढ्ने बताए। ड्रागनबोट रेस लगायतका खेलकुदका कार्यक्रमबाट चीन र नेपालको सम्बन्ध जनस्तरबाटै बलियो हुने उनको भनाइ छ।

रेसमा नेपालका ११, चीनका ८ र सिंगापुरका १ गरी २० टोलीको सहभागिता छ। रेसले पोखरामा चिनियाँ लगायत विभिन्न देशका पर्यटकको आगमन बढाउन सहयोगी हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। प्रतियोगितामा ५ सय मिटर र २ सय मिटर दूरीको रेस हुने छ। रेसमा दुवै विधामा प्रथम हुने टिमले ५/५ हजार डलर पुरस्कार पाउने छन्।

यसैगरी दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १२ सय डलर पाउने छन्। अरू सहभागीलाई ५/५ सय डलर प्रदान गरिने छ। पुरस्कारमा मात्र २५ हजार डलर खर्च हुने छ। रेसमा खेलाडी, प्राविधिकसहित गरी २ सय भन्दा बढीको सहभागिता रहने बताइएको छ। पहिलो दिनको प्रतिस्पर्धामा अधिकांश विधामा चिनियाँ खेलाडी अगाडि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम