मुख्य समाचार
कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट १७ लाख उठाउने पक्राउ
कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट १७ लाख उठाउने पक्राउ

— वैदेशिक रोजगारमा आकर्षक तलब हुन्छ भन्दै पैसा असुल्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ । 'दक्षिण कोरिया पठाइदिन्छु' पैसा उठाएको आरोपमा रुपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओमप्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

ओमप्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । जाहेरीको १० महिनापछि अनुसन्धानलाई गति दिएको प्रहरीले आरोपितहरूको बयान तथा सोधपुछ, सहकारीसम्बन्धी कागजातको अनुसन्धान, कार्यालयमा भेटिएका तथा नक्कली ऋण बनाएर अपचलन गरेका विषयहरूलगायत अध्ययन ...
। काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा भेटिएको छ । अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा युवतीको शव बुधबार भेटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको प्रहरी अधिकारीको ...
। पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । ...
। अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमार्डौं नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स (मंकीपक्स) जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलिन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी ...