मुख्य समाचार
वीरगन्ज महानगरको सहरी क्षेत्रमा थप ८० वटा सीसीटीभी जडान गरिने
वीरगन्ज महानगरको सहरी क्षेत्रमा थप ८० वटा सीसीटीभी जडान गरिने

: वीरगन्ज महानगरको सहरी क्षेत्रमा थप ८० वटा सीसीटीभी जडान गरिने भएको छ। महानगरको सहरी क्षेत्रका सार्वजनिकस्थलमा हाल ८० वटा सीसीटीभी जडान गरिएकोमा थप ८० वटा जडान गरिने भएको वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतको सेफर वीरगन्जका संयोजक मनोज दासले जानकारी दिए।


त्यसका लागि सोमबार वीरगन्ज महानगरपालिका, सेफर वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साबीच त्रिपक्षीय सम्झौता भएको छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको कार्यकक्षमा मेयर सिंहकै रोहबरमा त्रिपक्षीय सम्झौता गरिएको हो।

सम्झौतापत्रमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सेफर वीरगन्जका तर्फबाट संघका अध्यक्ष अनिलकुमार अग्रवाल र जिल्ला प्रहरी कार्यालय पर्साका तर्फबाट प्रहरी उपरीक्षक कुमोद ढुंगेलले हस्ताक्षर गरेको सेफर वीरगन्जका संयोजक दासले जानकारी दिए।


उनका अनुसार पावर हाउस चोकदेखि उत्तर र पश्चिम तर्फको सडक र टोलका साथै जनघनत्व बढी भएका टोलमा थप ८० वटा सीसीटीभी जडान गरिनेछ। साथै त्यसका लागि वीरगन्ज महानगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अपुग रकम जोहोको लागि सेफर वीरगन्जले बैंक तथा वित्तीय संघसंस्थासँग समन्वय गर्ने र जिल्ला प्रहरी कार्यालय पर्साले जडान गरिएका सीसीटीभी को कन्ट्रोल रुमका साथै रेखदेखको जिम्मा लिने सम्झौतापत्रमा उल्लेख गरिएको छ।

सीसीटीभी क्यामेजराको सञ्जालमार्फत वीरगन्ज सहरलाई थप सुरक्षित र भय रहित बनाउने उद्देश्यले सहरका विभिन्न स्थानमा थप सीसीटीभी जडान गर्न लागिएको र त्यसका लागि सोमबार त्रिपक्षीय सम्झौता गरिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन भनेका छन् । राज्य व्यवस्था समितिको बिहीबारकाे बैठकमा शेरादरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए । प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरादरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, ...
। नेपाली कांग्रेस संसदीय दलले संसद्मा विचाराधीन विधेयकहरूलाई संसद्को आउँदो अधिवेशनमा पारित गर्ने गरी काम गर्न सांसदहरूलाई आग्रह गरेको छ । बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले ६ वटा समितिमा रहेका सांसदहरूलाई यस्तो आग्रह गरेको हो । समितिमा रहेका विधेयकहरूको अवस्था र ती विधेयकहरू पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको सहमहामन्त्री जीवन परियारले बताए ...
। काठमाडौं महानगरपालिकाले ५ पुस शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्‍यो । यसको कारण थियो– आधिकारिक प्रणालीविना नै पुरानो बसपार्कस्थित ‘काठमाडौं टावर’ को प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नक्सापास गरेको विषय । महानगरका प्रवक्ता नवीन मानन्धर, मेयर बालेन साहका प्रमुख स्वकीय सचिव भूपदेव शाह सहितले भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा ...
। लुम्बिनीका प्रदेश प्रमुखले सन्देश सहित फिर्ता पठाएका दुई वटा विधेयक लुम्बिनी प्रदेश सभाले पुनः सर्वसम्मत पारित गरेको छ । बुधबार बसेको पाँचौं अधिवेसनको दोस्रो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२८ को खण्ड ख बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित गरेको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन्। प्रदेश प्रमुख ...
। भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो । राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए । खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो । त्यसअघि ...