मुख्य समाचार
नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ
नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ

— पश्चिम नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । सुनवल नगरपालिका-२ स्थित भित्री सडकमा प्रहरीले जाँच गर्दा स्थानीय २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालक पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नाइट्रोभेट-५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाइजेपाम १ सय ९० एम्पुल , ब्रुपोनोरफिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्याप्सुल बरामद भएको छ ।


पक्राउ परेकालाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । ...
। अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमार्डौं नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स (मंकीपक्स) जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलिन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी ...
। २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मतीबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक पारित गरेको हो । बिहीबार पारित भएको विधेयकको ड्राफ्टमा अख्तियारलाई शक्तिशाली बनाउन अनुसन्धानमा रहेको व्यक्तिको टेलिफोनमा पहुँच दिइने व्यवस्था उल्लेख ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलबाट भइरहेको सहयोगलाई निरन्तर दिन आग्रह गरेका छन् । सिंहदरबार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँगको भेटमा मन्त्री अधिकारीले दुई मुलुकबीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न आग्रह गरे । मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाऊ र सिक’ ...