मुख्य समाचार
रौतहटको पासवान टोलमा आगलागी, २० घर जले
रौतहटको पासवान टोलमा आगलागी, २० घर जले

: रौतहटको राजदेवी नगरपालिका -५ स्थित पासवान टोलमा आगलागी हुँदा २० भन्दा बढी फुसको घर जलेका छन्। स्थानीय बाबुलाल हजराको घरमा विद्युत सर्ट भएर लागेको आगोले अन्य घरमा समेत क्षति पुर्‍याएको हो ।


आगलागी भएको खबर पाउन साथ प्रहरी चौकी ब्रम्हपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको बारुणयन्त्र घटनास्थल पुगेको थियो। आगो मध्यराति लागेका कारण क्षति बढी भएको प्रहरीले अनुमान गरेको छ ।

घरमा राती सुतेको बेलामा आगलागी भएकाले सर सामान निकाल्न नपाएको प्रहरीले बताएको छ । आगलागीका कारण मानवीय क्षति नभए पनि लता कपडा , अन्न लगायत जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिका पठाउने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको गण्डकी गाउँपालिका–२ घर भइ चितवन भरतपुर बस्दै आएका ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी नगरपालिका–२ घर भइ काठमार्डौं नागार्जुन बस्दै आएका ३१ वर्षीय राजन आले छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ...
। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स (मंकीपक्स) जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । सम्बद्ध अधिकारीहरुको बैठक डाकेर जोखिम फैलिन नदिन प्रभावकारी सेवा दिन आग्रह गरेका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी ...
। २०७६ साल माघ ७ गते राष्ट्रिय सभामा दर्ता भएको भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मतीबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक पारित गरेको हो । बिहीबार पारित भएको विधेयकको ड्राफ्टमा अख्तियारलाई शक्तिशाली बनाउन अनुसन्धानमा रहेको व्यक्तिको टेलिफोनमा पहुँच दिइने व्यवस्था उल्लेख ...
। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलबाट भइरहेको सहयोगलाई निरन्तर दिन आग्रह गरेका छन् । सिंहदरबार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँगको भेटमा मन्त्री अधिकारीले दुई मुलुकबीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न आग्रह गरे । मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाऊ र सिक’ ...
। अजरबैजान र दुबई पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ घर भएका ३० वर्षीय जयप्रकाश चौरसिया र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका २७ वर्षीय आकाश दुलाल छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चौरसियाले अजरबैजान पठाउने भन्दै ४ लाख र ...