मुख्य समाचार
भारतलाई हराएसँगै अस्ट्रेलियालाई सिरिजमा अग्रता
भारतलाई हराएसँगै अस्ट्रेलियालाई सिरिजमा अग्रता

— अस्ट्रेलियाले मेलबर्नमा भएको चौथो टेस्टको पाँचौं दिन सोमबार भारतलाई १ सय ८४ रनले पराजित गरेको छ । यससँगै पाँच टेस्टको सिरिजमा अस्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।

जितका लागि ३ सय ४० रनको लक्ष्य पछ्याएको भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ५५ रन बनाएर अलआउट भयो । पाहुना टिमले कुनै पनि बेला खेल जित्ने लक्षण देखाएन् र पूरा टिम ७९.१ ओभर मात्रै टिक्यो ।

भारतका लागि ओपनर यशस्वी जयसवालले ८४ र ऋषव पन्तले ३० रन बनाए । त्यस बाहेक अरू कोही पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । अस्ट्रेलियाका लागि प्याट कमिन्स र स्कटल बोलान्डले तीन तीन विकेट लिए ।

कप्तान कमिन्सनै खेलको ‘प्लेयर अफ द म्याच’ भए । उनी ब्याट र बल दुवैबाट लयमा रहे । उनले समग्रमा छ विकेट लिए भने दुई इनिङ्समा क्रमशः ४९ र ४१ रन बनाए । अस्ट्रेलिया यसअघि आफ्नो दोस्रो इनिङ्समा २ सय ३४ रन बनाएर अलआउट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...