मुख्य समाचार
इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु
इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु

— वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । जसमा महिला ६ सय जना र पुरुष चार सय जना रहेका छन् ।




इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो । त्यतिखेर इजरायल र हिजबुल्लाहबीचको लडाइँले थप तनाव बढेपछि सरकारले तत्कालको लागि इजरायल पठाउने प्रक्रिया स्थगित गरेको थियो ।


इजरायल र हिजबुल्लाहबीच युद्ध विराम भएपछि परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थगित भर्ना प्रक्रियालाई अगाडि बढाएको हो ।

इजरायलको लागि योग्यता पुगेर छानिएका तीन हजार चार सय ६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा दुई हजार एक सय १२ जना छानिएका थिए । त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउने प्रक्रिया अगाडि बढाएको हो । उनीहरूलाई इजरायलद्वारा छानिएका चार वटा स्वास्थ्य केन्द्रमा पुस १७ देखि २३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने समय तोकिदिएको छ । इजरायलले मेडिकल परीक्षणको लागि नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र क्रिस्टल डायग्नोष्टिक प्रालिलाई छनोट गरेको छ ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको संलग्नता छैन । विभागका इजरायल शाखाका सर्म्पक अधिकृत धनञ्जय झाका अनुसार पहिलो लटमा १ हजार जना पठाइएपछि दोस्रो लटमा बाँकी लगिने छ । सरकारले इजरायलको योग्यता पुगेर सूचीकृत भएका सबै श्रमिकलाई आवश्यकताअनुसार लैजानुपर्ने प्रस्ताव राख्दै आएको छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने नेपाली सुरक्षित रहने बताए । ‘इजरायलमा छनोट भइसकेका श्रमिकलाई रोकेर राख्नुको कुनै अर्थ छैन । यहाँ श्रीलंका र भारतबाट श्रमिकहरू आइरहेका छन् । इजरायलमा लडाइँमा भए पनि श्रमिकहरू सुरक्षित छन्,’ उनले ईकान्तिपुरलाई भने ।

दीर्घकालीन स्याहार केन्द्रमा सबैभन्दा बढी नेपाली १३ सय ४५ जना कार्यरत छन् । उनीहरूले आफूहरू सुरक्षित रहेको बताउँदै आएका छन् । पछिल्लो समयमा विदेशी श्रमिक ल्याउने जिम्मेवारी पाएको इजरायलको जनसंख्या अध्यागमन तथा सीमा प्राधिकरण (पिवा)ले नेपालले लामो समय श्रमिक रोक्ने भए विकल्प हेर्ने बताउन थालेको थियो । पिवाले कृषि क्षेत्रमा भारत र श्रीलंकाबाट श्रमिक ल्याइरहेको छ । केयर गिभरमा भने नेपालीलाई नै प्राथमिकता दिइरहेको छ ।




नेपालका लागि इजरायली राजदूत समुलिक एरी वासले इजरायलमा श्रमिक पठाउने कार्य दुवै पक्षको लागि हितकारी रहेको बताए । ‘इजरायलमा कार्यरत श्रमिक र स्थानीय नागरिकले पाउने सेवा सुविधामा कुनै विभेद छैन,’ एक कार्यक्रममा उनले भनेका थिए, ‘दुई देशबीच सरकारी संयन्त्रमार्फत गरिने भर्ना प्रक्रिया दुवै देशको लागि फाइदाजनक छ ।’

केयर गिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (करिब दुई लाख २० हजार रुपैयाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ ।

इजरायलमा करिब १४ हजार वटा दीर्घकालीन स्याहार केन्द्र रहेको छ । गत भदौमा इजरायलले भारतबाट पाँच हजार केयर गिभर सहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपीशर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।
। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले फेलोसिप कार्यक्रममा चिकित्सकलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । बिहीबार प्रतिष्ठानले सूचना जारी गरी फेलोसिप कार्यक्रममा स्नातकोत्तर तहसरहको निर्वाह भत्ता उपलब्ध हुने जनाएको छ । ‘विभिन्न विषयका फेलोसिप कार्यक्रममा भर्ना हुने चिकित्सकलाई चिकित्सा शिक्षा आयोगको गाइडलाइनबमोजिम मास्टर लेभलसरहको निर्वाह भत्ता (स्टाइपेन्ड) उपलब्ध गराउने निर्णय भएको छ’ सूचनामा भनिएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम