मुख्य समाचार
यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिक
यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिक

— अन्तर्राष्ट्रिय खेलकुदको दृष्टिकोणबाट सन् २०२४ पनि उत्तिकै नाटकीय, सनसनीपूर्ण र रोमाञ्चक रह्यो । यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिककै लागि हो । पछिल्लो समय धेरैलाई लाग्न थालेको थियो, सायद ओलम्पिकमा जस्तो पहिलो हुने गर्थ्यो त्यस्तो आकर्षण रहेन् । अझ ओलम्पिकको आयोजना आफैमा अत्याधिक खर्चालु हुन थालेको थियो । यस्तोमा स्वंय ओलम्पिककै आयोजनामा पनि प्रश्न उठन थालेको थियो ।




तर पेरिस ओलम्पिकले ती सबै अन्यौलता र अनिश्चितालाई चिर्ने काम गर्‍यो र प्रमाणित गर्‍यो, यसलाई लोकप्रिय बनाउन अझै धेरै गर्न सकिन्छ । जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजित ओलम्पिकको उद्घाटन र समापन समारोह आफैमा उत्कृष्ट रहे । आयोजक फ्रान्सले ओलम्पिकको रौनकता कायम राख्न कुनै कसर छाडेन् । पूरा ओलम्पिकका क्रममा दर्शकको पनि कुनै कमी रहेन् । यस्तोमा पेरिस ओलम्पिक त्यस्तो ओलम्पिक रह्यो, जसले पुनरागमन रच्यो भन्दा पनि हुन्छ ।


ओलम्पिकको अन्तिम पदक तालिकामा भने अमेरिमा सबैभन्दा अगाडि रह्यो, ४० स्वर्णसहित । अमेरिकाले कुल १ सय २६ पदक जितेर प्रमाणित गर्‍यो, अन्तर्राष्ट्रिय खेलकुदको महाशक्ति भनेको अमेरिका नै हो । चीन दोस्रोमा रह्यो, ४० स्वर्ण सहित नै । चीनले भने कुल ९१ पदक जित्यो भने जापान त्यसपछि तेस्रो स्थानमा रह्यो । जापानले २० स्वर्णसहित कुल ४५ पदक जित्कोयो । पूरा पेरिस ओलम्पिकमा एसियाली चुनौती दमदार रह्यो ।

2024 is a year to remember for the Paris Olympicsपेरिस ओलम्पिकलगत्तै पेरिस पारा ओलम्पिकको पनि आयोजना भयो र यो पनि आफैमा उत्कृष्ट रह्यो । नेपालकी पलेसा गोवर्धनले तेक्वान्दोमा कांस्य पदक जितेर ऐतिहासिक सफलता पनि रचिन् । ओलम्पिकपछि अधिकांस वर्ष जस्तै सबैभन्दा लोकप्रिय र चर्चामा रहेको खेल रह्यो, फुटबल । सन् २०२४ मा भएको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता रह्यो, युरो २०२४ । जर्मनीमा भएको प्रतियोगिता स्पेनले जित्यो र फाइनलमा उसले इटालीलाई हराएको थियो ।

यही प्रतियोगिताबाट विश्व फुटबलले नयाँ स्टार खेलाडीका रूपमा पायो, लामिन यामल । इंग्लिस प्रिमियर लिगमा भने म्यानचेस्टर सिटीले गज्जब नै गर्‍यो । यसअघि कसैले गर्न नसकेको काम गर्ने क्रममा पेप ग्वार्डिओलाको सिटीले लगातार चौथो सिजन लिग उपाधि जित्यो । त्यस काममा सबैभन्दा बढी योगदान दिएका मध्ये एक रहेका रोड्रिले पछि बेलन डे’अर पनि जिते । सन् २०२४ मै दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका २०२४ पनि भयो ।

यसको उपाधि भने अर्जेन्टिनाले जित्यो । विश्वकप विजेताका रूपमा लियोनल मेसीको अर्जेन्टिना यो उपाधि जित्न पनि सफल रह्यो र उसले फाइनलमा हराएको थियो, कोलम्बियालाई । क्रिकेटतर्फ अमेरिकामा टी–ट्वान्टी विश्वकपको आयोजना भयो र त्यसको उपाधि जित्न सफल रह्यो, भारत । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएको थियो । यो विश्वकपमा नेपालको पनि ऐतिहासिक सहभागिता रह्यो र आफ्नो खेलको मदतले धेरैको मन जित्न सफल रह्यो ।
विश्व टेनिसमा पछिल्लो साढे एक दशकदेखि तहल्का मच्चाउँदै आएका राफेल नाडालले सन् २०२४ मै सन्यास लिए । उनको सन्याससँगै विश्व टेनिसमा एक कालखण्डको अन्त्य भयो । नाडाललाई क्ले कोर्टका खेलिने टेनिसको सर्वकालिन महान खेलाडी मानिन्छ । त्यसैले उनले १४ पल्ट फ्रेन्च ओपन जिते । समग्रमा पनि उनी उत्तिकै ठूला खेलाडी हुन् । उनले जितेका २२ ग्रान्ड स्लाम उपाधिले नै देखाउँछ, उनी कति धेरै सफल खेलाडी हुन् भनेर ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...