मुख्य समाचार
बालविवाह अन्त्य गर्न तीनै तहका सरकार र सरोकारवालाको प्रतिबद्धता
बालविवाह अन्त्य गर्न तीनै तहका सरकार र सरोकारवालाको प्रतिबद्धता

— बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानका लागि सरकार र सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ नाराका साथ सुरू बालविवाह मुक्त अभियानका लागि तीनै तहका सरकार र सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता गरेका हुन् ।


मंगलबार ललितपुरमा राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी) ले आयोजना गरेको बाल विवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रममा सरकार, बाल अधिकारसम्बन्धी काम गर्ने, अधिकारकर्मी र विकास साझेदार संस्थाले प्रतिबद्धता व्यक्त गरेका हुन् ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले कागजको कानुन बनाएर मात्र बालविवाहको समाधान नहुने बताए । ‘जबसम्म तीनै तहका सरकारबीच समन्वय हुँदैन तबसम्म कुनै पनि कानुनको वास्तविक कार्यान्वयन गर्न धेरै कठिन छ,’ उनले भने, ‘अहिले कानुनी रुपमा सबैलाई शिक्षाको अधिकार छ, तर यसको कार्यान्वयन भईरहेको छैन । त्यसैले यसमा स्पष्ट धारणा मेरो तीनै तहमा समन्वयकारी नीति आउँदैन तबसम्म समृद्ध सम्भव छैन ।’ यसका लागि मिलेर काम आवश्यक रहेको र काधमा काध मिलाएर अगाडी बढ्ने प्रतिज्ञा उनले गरे ।

बालअधिकार अभियन्ता एंव जस्ट राइट फर चिल्ड्रेनका विश्व अभियन्ता तथा लेखक भुवन ऋभूले नेपालमा बालबालिकाको हितका लागि राम्रो कानुन भए पनि कार्यान्वयन हुन नसकेको बताए । तर अब बालविवाह अन्त्यका लागि सबै ज्टुन यस कार्यक्रममा भेला भएको उनको भनाई छ । ‘बालविवाह अपराध भएकाले यसका कानुन कार्यान्वयन गर्ने समय आएको छ,’ उनले भने, ‘बालबालिकाको सुनिश्चित भविष्यको लागि बाल विवाह अन्त्य गर्नुपर्छ ।’ उनका अनुसार बालविवाह अन्त्यका लागि समाजदेखि सरकारले जवाफदेही हुनुपर्छ । हरेक समाजका व्यक्तिहरूले आफ्नो विवाह हुँदा सचेत भए बाल विवाहलाई कम गर्न सकिने उपाय समेत उनले सुझाए ।

एनसीआरसीले बाल विवाहमुक्त नेपाल बनाउन उक्त अभियान सुरु गरेको हो । सो अवसरमा मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणका मन्त्री प्रमोद कुमार जयसवालले मधेशमा बाल विवाहले जरा गाडेको र यसको न्यूनीकरण आवश्यक बताए । ‘किन बालविवाह हुन्छ र यसको कारण खोज्न आवश्यक छ,’ मन्त्री जयसवालले भने, ‘परिवेशको हिसाबले कारक तत्व फरक हुन सक्छन् । त्यो पत्ता लगाएर काम गर्नुपर्छ ।’ मधेसमा दाइजोका कारण पनि बालविवाह हुने समस्या रहेको उनको भनाइ छ । यसमा उनी भन्छन्, ‘छोरीको उमेर बढ्दै गए खर्च बढ्ने र सानै उमेरमा विवाह गर्ने चलन छ ।’

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालविवाह मुक्त गर्न आवधिक योजना जारी गरेर काम गरिरहेको बताए । वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले बालविवाह कम गर्न संघ, प्रदेश र स्थानीय तहलाई जोडेर काम गर्नुपर्ने बताइन् । ‘यसका लागि स्थानीय तहलाई जोडेर बलियो बनाए मात्र काम गरे नतिजा दिन सकिन्छ,’ उनले भनिन्, ‘नीति र कार्यविधि बनाएर बालविवाह न्यूनीकरण गर्न सकिन्छ ।’

त्यस्तै, लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले आवश्यकताको आधारमा बालविवाह न्यूनिकरणका लागि काम गर्नुपर्ने बताए । कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य रन्जुकुमारी झाले बालविवाहको काम गर्ने सरकारले रणनीति लिए पनि त्यसमा चुकिरहेको बताइन् । उनले भनिन्, ‘संविधानले बालबालिकाको बारेमा सर्वोत्तम हितबारे सोचेको छ । तर कानुन अभावले काम गर्न सकिरहेको छैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी झण्डै एक महिनादेखि अस्पतालमा छन् । प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राखेको हो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । शिवाकोटी अस्पतालमा रहेकै बेला उनको बयान लिएर प्रहरीले शिवाकोटीविरुद्धको अनुसन्धान ...
: नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसंग छलफल गरेर दबाब सिर्जना गर्ने बताए। बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ । पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्नेछ । बैठकमा पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ । सोही दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सवलीकरण लगायतका छलफल हुने कार्यतालिका बनेको छ ...
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवन बस्ने ४६ वर्षीय कृष्ण बहादुर ढकाल रहेका छन्। उनले दुई जना युवतीलाई क्यानडा पठाइदिने भनेर ४ लाख रुपैयाँ लिएर फरार भएका थिए। बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा ...
। जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम ...