मुख्य समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दोलखा तामाकोशी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१५ चमती बस्ने २८ वर्षीय राम बिक्रम खड्कालाई प्रहरीले पक्राउ गरेको हो।


उच्च अदालत पाटन ललितपुर र जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टेकुबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको मर्म झल्कने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। सडक विभागले आज पोखरामा आयोजना गरेको आयोजना सञ्चालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने कार्यशालाको समापनका अवसरमा उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने भएकाले सोही ढंगबाट काम गर्न निर्देशन दिएका हुन्। रुग्ण आयोजनाहरूको ...
। घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटी झण्डै एक महिनादेखि अस्पतालमा छन् । प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा राखेको हो । स्वास्थ्यमा समस्या भएको देखिएपछि शिवाकोटीलाई अस्पतालमा भर्ना गरिएको थियो । शिवाकोटी अस्पतालमा रहेकै बेला उनको बयान लिएर प्रहरीले शिवाकोटीविरुद्धको अनुसन्धान ...
: नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने बताएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसंग छलफल गरेर दबाब सिर्जना गर्ने बताए। बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ । पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्नेछ । बैठकमा पहिलो दिन समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ । सोही दिन स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठन सवलीकरण लगायतका छलफल हुने कार्यतालिका बनेको छ ...
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवन बस्ने ४६ वर्षीय कृष्ण बहादुर ढकाल रहेका छन्। उनले दुई जना युवतीलाई क्यानडा पठाइदिने भनेर ४ लाख रुपैयाँ लिएर फरार भएका थिए। बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा ...