मुख्य समाचार
पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे
पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँ : पर्यटनमन्त्री पाण्डे

— संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् ।

मंगलबार नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जीडीपीमा न्यूनतम मात्रै योगदान गरेको बताए । उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताए । पर्यटनसम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको उनले बताए ।

‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्यूनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यी कथाहरु भनिमात्रै रहने हो, दाहोर्‍याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन,' उनले भने, 'यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ । निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । उनले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए । नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवर्द्धनका लागि नेपालको प्रचार हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक’ प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । बिहीबार सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बसेको समिति बैठकबाट भ्रष्टाचार ऐन संशोधन विधेयक पारित गर्नु अगाडि सांसदरूले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ सम्झिए । ‘भ्रष्टाचार विधेयक अगाडि बढेको छ, यसमा म सभापतिज्यूलाई र गृहमन्त्रीजीलाई धेरै धन्यवाद दिन चाहन्छु । तर, ...
: राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी ऐनसम्बन्धी संशोधन विधेयक छिट्टै सदनमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले देशभरका गुठीसम्बन्धी समस्या समाधान गर्नका लागि गुठी ऐनसम्बन्धी संशोधन वा नयाँ विधेयक छिट्टै संसदमा पेस गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी ...
: खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई वितरण गर्नका लागि निर्माण भइरहेका खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन्। बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको निरीक्षण एवं अनुगमन गर्दै मन्त्री यादवले मानिसलाई बाच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामहरूको नतिजा देखिने गरी समयमै काम ...
। बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ । बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले बनाएपछि हावाडाँडादेखि लार्केभञ्ज्याङसम्मको बाँकी ९२ किलोमिटर खण्ड नेपाली सेनाले सुम्पिएको थियो । त्यसमध्ये नेपाली सेनाले हालसम्म ३५ किलोमिटर ट्र्याक ...
: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक उडानका तीनवटा ट्विनअटर जहाज छन्। तर, तीनवटै ग्राउन्डेड छन्। निगमको एउटा ट्विनअटर त झन्डै १२ वर्षदेखि ग्राउन्डेड छ। डीएचसी ६–३०० कलसाइन एबीएक्सको उक्त जहाज सन् २०१२ अर्थात् (२०६८/०६९ साल) बाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घाम तापेर बसिरहेको छ। उक्त जहाज ग्राउन्डेडपछि दुइटा जहाजले १९ गन्तव्यमा उडान भरिरहेका थिए। तर, ती ...