मुख्य समाचार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध

: रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुस करिब तीन वर्षको द्वन्द्व अन्त्य गर्न कुनै सम्झौताको हिस्साका रूपमा युक्रेनमा पश्चिमी शान्ति सैनिकहरूको तैनाथीको विरुद्धमा रहेको बताएका छन् ।


कुनै पनि शान्ति सम्झौता लागु गर्न युक्रेनमा विदेशी सेना राख्ने सम्भावनाको चर्चा पश्चिमी राजधानीहरूमा चलिरहेको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यस महिना वार्सामा भएको बैठकमा यस विषयमा छलफल गरेका थिए ।

रूसी विदेश मन्त्रालयले सोमबार प्रकाशित गरेको अन्तर्वार्तामा लाभरोभले राज्य सञ्चालित तास समाचार एजेन्सीलाई मस्कोले त्यो विचार र अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका अन्य कुराहरूको विरोध गरेको बताए ।


“निस्सन्देह युक्रेनको नाटो सदस्यता २० वर्षका लागि स्थगित गर्ने र युक्रेनमा ‘बेलायती र युरोपेली सेना’ को शान्ति सेना पठाउने राष्ट्रपति–निर्वाचितका प्रतिनिधिहरूले उठाएका प्रस्तावहरूबाट हामी सन्तुष्ट छैनौँ,” उनले भने । क्रेमलिनले यसअघि ‘शान्ति सैनिकहरूको बारेमा कुरा गर्न निकै ढिलो भएको’ बताएको थियो ।

तीन हप्तामा सत्तामा आउने ट्रम्पले २४ घन्टामा शान्ति सम्झौता गर्न सक्ने दाबी गर्दै किएभलाई दिइने वासिङ्टनको अर्बौं डलरको आर्थिक र सैन्य सहयोगलाई प्रभावका रूपमा प्रयोग गर्ने बताएका छन् ।

यद्यपि, उनले अझै ठोस योजना प्रस्ताव गरेका छैनन् । उनको टोलीका सदस्यहरूले एक हजार किलोमिटर लामो अग्रिम मोर्चामा कुनै पनि युद्धविरामको निगरानी गर्न युरोपेली सेनाको तैनाथी र नाटोमा सामेल हुने किएभको महत्त्वाकांक्षामा लामो ढिलाइसहित विभिन्न विचारहरू राखेका छन् ।

रुसी र युक्रेनी दुवै राष्ट्रपतिले एकअर्कासँग प्रत्यक्ष वार्तालाई अस्वीकार गरेका छन् । साथै किएभ र मस्कोको स्थिति शान्ति सम्झौताका लागि स्वीकार्य सर्तहरू के हुन् भन्ने कुरामा धेरै फरक देखिन्छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि युक्रेनलाई चार पूर्वी र दक्षिणी क्षेत्रहरू– डोनेट्स्क, खेरसन, लुगान्स्क र जापोरिझियाबाट आफ्नो सेना फिर्ता लिन माग गरेका थिए । यी क्षेत्रलाई रुसले कब्जा गरेको दाबी गरेको छ । किएभले भने शान्तिको बदलामा मस्कोलाई ती क्षेत्र दिने कुरा बारम्बार अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...