मुख्य समाचार
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : सभापति देउवा
गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता : सभापति देउवा

— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई अझ विश्वसनीय र सुदृढ बनाउनु आजको आवश्यकता भएको बताएका छन् ।




मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई सफल पार्न अझ विश्वसनीय बनाउनुपर्ने बताए ।


उनले अहिले राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा अघि बढिरहेको भन्दै सम्पूर्ण नेपालीलाई एक सूत्रमा एकतावद्ध गर्नुपर्ने बताए । सभापति देउवाले सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्नु आजको आवश्यकता भएको बताए । सबै नेपालीलाई राष्ट्रिय एकताको एक सूत्रमा बाँध्न जरुरी रहेको बताए ।

उनले भने, ‘आजको यो जुन गणतन्त्र छ, यसलाई सफल पार्न अझ विश्वसनीय बनाउनु हामी सबैको कर्तव्य छ । मलाई लाग्छ, यो गणतन्त्र स्थायी रहन्छ, अझै सुदृढ बनाउनु पर्छ । अझै प्रभावकारी बनाउनु पर्छ । राष्ट्रिय मेलमिलापको नीतिबाट एकतावद्ध रुपमा हामी अघि बढिरहेका छौँ, यसलाई अझ अघि बढाउनु पर्छ । सम्पूर्ण नेपालीहरू चाहे मधेसमा, चाहे पहाडमा र चाहे हिमालमा हुन्, सम्पूर्ण नेपालीहरुको एकता र मेलमिलाप हुनुपर्छ । सम्पूर्ण नेपालीहरुको बीचमा एकता गर्न आजको आवश्यकता हो । पूर्वका हुन् वा पश्चिमका हुन्, उनीहरुका विभिन्न चाहनाहरु होलान् तर त्यसको समन्वय गरेर एकतावद्ध भइ एक सूत्रमा बाँकी राष्ट्रिय सूत्रमा बाँधिनुपर्छ ।’
सभापति देउवाले कांग्रेसका लागि मात्रै नभइ देशभरका सबै नागरिकका लागि नै राष्ट्रिय मेलमिलाप अत्यावश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-६ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-१ रानिवन बस्ने ४६ वर्षीय कृष्ण बहादुर ढकाल रहेका छन्। उनले दुई जना युवतीलाई क्यानडा पठाइदिने भनेर ४ लाख रुपैयाँ लिएर फरार भएका थिए। बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा ...
। जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम ...
: गृहमन्त्री रमेश लेखकले सिमितस्रोत र साधनका बीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण,आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमितस्रोत साधनका बीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन्। 'अहिले ...
: झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी अन्दाजी ३५ वर्षीया केलाबत्ती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो १२ बजेको समयमा कचनकवल- ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा १५/२० महिलाहरू घाँस, दाउरा काट्न गएका थिए। सोही क्रममा एउटा हात्तीले राजवंशीलाई लखेटका थिए। लखेट्दा उनी ...
: नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले व्यापक जनदबाबबाट शिक्षा क्षेत्रको सुधारका लागि आवाज उठाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंको माइतीघरमा आयोजित खुल्ला शैक्षिक बहसमा बोल्दै भट्टराईले मुलुकलाई अघि बढाउनका लागि शिक्षा क्षेत्रको सुधार आवश्यक रहेको भन्दै यसका लागि व्यापक जनदबाब सिर्जना गर्नुपर्ने बताए। उनले शिक्षा आयोगको प्रतिवेदनलाई तुरुन्त लागू गर्न पनि दबाब दिनुपर्ने जिकिर गरे। केही पुराना ...