मुख्य समाचार
विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किए
विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किए

— विश्वकै दुर्लभ सेतो गिद्ध भारतको अयोध्या पुगेर फेरि पोखरा फर्किएको छ । ‘स्याटेलाइट ट्याग’ लगाइएको गिद्ध अयोध्याको घाघरा नदीछेउ ३ दिन बसेर पोखरा फर्किएको हो ।

नेपालका सेतो गिद्धबारे अनुसन्धान गरिरहेका विज्ञ कृष्णप्रसाद भुसालले गत असोज २ मा पाँच वटा गिद्धमा ‘स्याटेलाइट ट्याग’ लगाएका थिए । पोखराको लामीआल र दोबिल्ला डम्पिङ साइडमा सेतो गिद्धलाई समातेर ‘ट्याग’ लगाइएको थियो । तीन वटा वयस्क (४ देखि ५ वर्ष), एउटा अल्पवयस्क (३ वर्ष) र एउटा बच्चा (२ वर्ष) को गिद्धलाई ‘ट्याग’ लगाइएको थियो । यिनैमध्येको एउटा वयस्क गिद्ध कात्तिक १४ मा पोखराबाट करिब २५० किमि उडेर अयोध्या पुगेको भुसालले बताए ।

गिद्ध पहिलो दिनमै पोखराबाट रूपन्देहीको गैडहवा तालनजिक गिद्ध रेस्टुरेन्ट पुगेको थियो । अर्को दिन लुम्बिनी आसपास बस्यो । तेस्रो दिन भारतको बलरामपुरनजिक ५ दिन बसेको देखिन्छ । त्यसपछि अयोध्याको घाँघरा नदी आसपास ३ दिन बसेर पोखरा फर्किएको हो ।

पोखरा आउने क्रममा अयोध्याबाट बिहानै उडेको गिद्ध कपिलवस्तुको राजापानी सामुदायिक वनमा बास बसेको र अर्को दिन स्याङ्जाको पुतली बजार बसेर तेस्रो दिन पोखरा पुगेको भुसालले बताए । ‘दुई साता बाहिर घुमेर गिद्ध पोखरा फर्किएको छ । अन्य चार वटा गिद्ध तनहुँ आसपास आउने–जाने गरिरहेको देखिन्छ,’ उनले भने, ‘अरूको त्यति धेरै लामो आवतजावत छैन । दैनिक २०/३० किमिसम्म आवतजावत गरिरहेका छन् ।’

सेतो गिद्ध आहाराको खोजीमा जाने दूरी, प्रजनन गर्ने स्थान र बसाइँसराइको अवस्था तथा चुनौतीबारे पत्ता लगाउन ‘ट्याग’ लगाइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट अनुमति लिएर ‘लेग होल ट्र्याप’ लगाइएको भुसालले बताए । ‘दुई लाख मूल्य पर्ने स्याटेलाइट ट्याग ३० ग्रामको हुन्छ । स्याटेलाइट सम्पर्कबाट दुई–दुई घण्टामा तथ्यांक आउँछ । कुन दिशातिर कति उचाइ र गतिमा उडिरहेको भन्ने सबै तथ्यांक यसबाट पाइन्छ,’ उनले भने, ‘ब्याट्रीले काम गरे/नगरेको र चार्ज रहे/नहरेको सबैको जानकारी पनि आइरहने हुँदा अध्ययनमा सहज हुन्छ ।’

घामले आफैं चार्ज हुने ब्याट्री राखिएको ३ देखि ५ वर्षसम्म आयु रहेको ‘स्याटेलाइट ट्याग’ जडान गर्ने भुसाल आफैं विशेषज्ञ हुन् । उनको नेतृत्वमा बुल्गेरियाका विशेषज्ञ डा. भ्लादिमिर दोब्रे र संरक्षणकर्मी दिमित्री चेरनेभा, गिद्ध विशेषज्ञ अंकितविलास जोशी र ईश्वरी चौधरीको टोलीले ‘ट्याग’ लगाएका थिए । ‘ट्याग लगाएको तीन महिना भयो, गिद्धहरूको खासै मुभमेन्ट देखिएको छैन, अयोध्या गएको गिद्ध पनि आहारकै लागि गएजस्तो लाग्छ,’ गिद्ध विशेषज्ञ जोशीले भने, ‘अब यसको प्रजननको बेला आउँदै छ, यो बेला केही नयाँ तथ्य थाहा पाउन सकिन्छ ।’




कस्तो ठाउँमा कसरी गुड लगाउँछ, कसरी बचेरा हुर्काउँछ र के–के समस्या भएजस्ता सूचना पाउन सकिए संरक्षणका लागि योजना बनाउन सहयोग पुग्ने उनले बताए । एउटा बच्चा मात्र जन्माउने यो गिद्धले माघमा गुँड बनाउँछ भने फागुन/चैतमा ओथारो बसेर असारसम्ममा बचेरा उडाउँछ । नेपालमा दुर्लभ सेतो गिद्धको संख्या ३ सयदेखि १ हजारसम्म रहेको अनुमान छ । यसमध्ये आधा संख्या पोखरा उपत्यकामा रहेको विज्ञहरूको अनुमान छ । यसको तौल दुईदेखि तीन केजीसम्म हुन्छ । यसअघि पनि आहारा र जोडी खोज्दै दुर्लभ डंगर गिद्ध भारतको हिमाचल प्रदेशका विभिन्न स्थान हुँदै पाकिस्तानसम्म पुगेको थियो ।

सन् २०१८ मा नवलपरासीको पिठौलीबाट ११ सय किमि यात्रा गर्दै भारत र पाकिस्तानको सिमासम्म पुगेको थियो । सिकारी चरा समूहअन्तर्गत पर्ने गिद्ध ठूलो मांसहारी पन्छी हो । यसले आफैं सिकार नगरी मरेका जनावरको सिनो खान्छ । सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई वातावरणको दुर्गन्ध घटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचीकार’ पनि भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...