मुख्य समाचार
इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराए
इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराए

— लियाम डेलापको उत्कृष्ट प्रदर्शनपछि इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराएको छ । यो सिजन आफ्नो घरेलु मैदानमा इपस्विचको यो पहिलो जित हो । हारले भने चेल्सीलाई गम्भीर धक्का लागेको छ ।


चेल्सी ३६ अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको लिभरपुलसँग नौ अंकको दूरी हो । इपस्विच भने १५ अंकमा लिग तालिकाको १८ औं स्थानमा रह्यो । उसका लागि २१ वर्षीय खेलाडी डेलापले १२ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे ।

त्यसपछि चेल्सीकै पूर्व खेलाडी ओमारी हुट्चिन्सनले दोस्रो गोल थपे । सोमबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड घरमै न्युकासल युनाइटेडको हातबाट २–० ले पराजित रह्यो । त्यसमा पहिलो हाफको सुरुमै न्युकासलका लागि एलेक्जान्डर इसाक र जोएलिन्टनले गोल गरे ।

म्यानचेस्टर युनाइटेड घरमा लगातार तेस्रो खेलमा हारेको यो ६० वर्षयता पहिलो हो । यस्तै ओल्ड ट्रायफोर्डमा न्युकासलले सन् १९७२ यता दोस्रो जित मात्र निकाल्न सक्यो । जितले न्युकासल ३२ अंकमा पाँचौं स्थानमा उक्लेको छ ।

यसका ठीक विपरित म्यानचेस्टर युनाइटेड भने २२ अंकमा सीमित रहेर १४ औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रबाट सात अंकको दूरी मात्र हो । यस्तै एक अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २–२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...