मुख्य समाचार
इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराए
इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराए

— लियाम डेलापको उत्कृष्ट प्रदर्शनपछि इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराएको छ । यो सिजन आफ्नो घरेलु मैदानमा इपस्विचको यो पहिलो जित हो । हारले भने चेल्सीलाई गम्भीर धक्का लागेको छ ।


चेल्सी ३६ अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको लिभरपुलसँग नौ अंकको दूरी हो । इपस्विच भने १५ अंकमा लिग तालिकाको १८ औं स्थानमा रह्यो । उसका लागि २१ वर्षीय खेलाडी डेलापले १२ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे ।

त्यसपछि चेल्सीकै पूर्व खेलाडी ओमारी हुट्चिन्सनले दोस्रो गोल थपे । सोमबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेड घरमै न्युकासल युनाइटेडको हातबाट २–० ले पराजित रह्यो । त्यसमा पहिलो हाफको सुरुमै न्युकासलका लागि एलेक्जान्डर इसाक र जोएलिन्टनले गोल गरे ।

म्यानचेस्टर युनाइटेड घरमा लगातार तेस्रो खेलमा हारेको यो ६० वर्षयता पहिलो हो । यस्तै ओल्ड ट्रायफोर्डमा न्युकासलले सन् १९७२ यता दोस्रो जित मात्र निकाल्न सक्यो । जितले न्युकासल ३२ अंकमा पाँचौं स्थानमा उक्लेको छ ।

यसका ठीक विपरित म्यानचेस्टर युनाइटेड भने २२ अंकमा सीमित रहेर १४ औं स्थानमा रह्यो । यो रेलिगेसन क्षेत्रबाट सात अंकको दूरी मात्र हो । यस्तै एक अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २–२ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...