मुख्य समाचार
गुणस्तरहीन काम गर्ने गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गुणस्तरहीन काम गर्ने गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अर्जुनचौपारी गाउँपालिकाको वडा नम्बर १ को बजार क्षेत्रको ढलान बाटो निर्माणका क्रममा गुणस्तरहीन काम गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुरण गुरूङ,तत्कालीन इन्जिनियर नविन थापालगायत १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।


आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्याल,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरूङ, सब- इन्जिनियर पौडेल,गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गुरुङ,तत्कालीन इन्जिनियर थापा विरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए।

यसैगरी सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल,सचिव कृष्ण प्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसी र तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मंगलदेवी थापा मगर, सचिव विष्णु कुमारी विक र कोषाध्यक्ष एक नारायण देवकोटाविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर भएको हो।


गाउँपालिका वडा नम्बर १ को आर्थिक वर्ष २०७५/०७६ र आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय बजार क्षेत्रको ढलान बाटोमा लाखौं मूल्य बराबरको गुणस्तरहीन काम गरेको उनीहरूमाथि आरोप छ।

आर्थिक वर्ष २०७५/०७६ मा उक्त गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन योजनाको Providing mixing and pouring (1:2:4) Machine Mix Concrete आइटमको सबै ठाउँको ढलान भत्कीइ २७ लाख ५ हजार ११ मूल्य बराबरको गुणस्तरहीन काम भएको अख्तियारको ठहर छ। यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट कार्यान्वयन भएको तत्लो बजार नाला तथा ढकान निर्माण योजनाको PCC for RCC Works १:२:४ आइटमको सबै ठाउँको ढकाल भत्किइ ८ लाख ३४ हजार ३२० रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

अख्तियारका अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अर्यालसँग ३५ लाख ३९ हजार ३३१,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरूङसँग २७ लाख ५ हजार ११ ,तत्कालीन इन्जिनियर थापासँग ३५ लाख ३९ हजार ३३१ र सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष पौडेल,सचिव काफ्ले र कोषाध्यक्ष केसीविरुद्ध २७ करोड ५ हजार ११ रुपैयाँ बिगो माग गरिएको छ। अर्जुनचौपारी गाउँपालिकासँग २७ लाख ५ हजार ११ रुपैयाँ बिगो माग गरिएको छ।

अन्य प्रतिवादी प्रति व्यक्तिसँग ८ लाख ३४ हजार ३२० रुपैयाँ बिगो र जरिवाना माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...