मुख्य समाचार
दीपेन्द्रसिंह ओमोडाको ब्रान्ड एम्बासडर
दीपेन्द्रसिंह ओमोडाको ब्रान्ड एम्बासडर

— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका उत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सोमबार ओमोडा एन्ड जेइको अटोमोबाइल्सको ब्रान्ड एम्बासडर बनेका छन् । चिनियाँ ओमोडाका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र दीपेन्द्रबीच सम्झौता भएको हो ।




सम्झौतामा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा र दीपेन्द्रले हस्ताक्षर गरेका हुन् । निर्देशक शारडाले दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गरे । सम्झौताको आर्थिक पक्षबारे खुलाइएको छैन । निर्देशक शारडाले भविष्यका लागि यो सुरुआत भएको जनाए ।


१० दिनअघि सम्पन्न एनपीएलमा दीपेन्द्रले सुदूरपश्चिम रोयल्सको नेतृत्व गरेका थिए । लगातार उत्कृष्ट प्रदर्शन गरे पनि सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । २ सय २७ रन बनाउनुका साथै ८ विकेट लिएका दीपेन्द्रले ३ क्याच लिनुका साथै ७ रनआउट गरेका थिए । फाइनलमा भने दीपेन्द्र खासै चल्न सकेका थिएनन् ।

Brand Ambassador of Dipendra Singh Omodaउत्कृष्ट खेलाडी भएवापत दीपेन्द्रले एसपीजी अटोमोबाइल्सबाट बजारमूल्य ६२ लाख रहेको ओमोडा–ई ५ कार पाएका थिए । दीपेन्द्र अहिले ओमोडा कारकै ब्रान्ड एम्बासडर बनेका हुन् । ‘खेलाडीलाई प्रोत्साहन हुने यस्तो पुरस्कारले आसा र भरोसा बढेको छ,’ दीपेन्द्रले भने । उनी हाल विश्व ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दोस्रो स्थानमा छन् ।

बुवा गगनसिंह र आमा नरुदेवी ऐरीसहित दीपेन्द्र कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रममा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...