मुख्य समाचार
रोजगारीका लागि साउदी पुगेका विनोद ५ महिनादेखि सम्पर्कविहीन
रोजगारीका लागि साउदी पुगेका विनोद ५ महिनादेखि सम्पर्कविहीन

— रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रुकुमकोटका ३६ वर्षीय विनोद केसी गएको ५ महिनादेखि सम्पर्कविहीन छन् । वैदेशिक रोजगारीका क्रममा १५ वर्षअघि साउदी अरवको जेद्दाह पुगेका उनी अहिले कसैको सम्पर्कमा नरहेको दाइ जयबहादुरले जानकारी दिएका छन् ।


विगत १५ वर्षदेखि वैदेशिक रोजगारीका लागि विदेशिएका विनोद ९ वर्षअघि २०७२ सालमा पछिल्लोपल्ट घर आएको र त्यसपछि साउदीमै काम गरिरहेको बताउँदै जयबहादुरले गत साउन ९ गते उनीसँग पछिल्लोपल्ट आफूहरूको कुराकानी भएको बताए । ‘त्यो बेला कुरा हुँदा उसले म केही महिनामा घर फकिन्छु भनेको थियो । तर त्यसपछि त सम्पर्क नै भएन,’ उनले भने, ‘उसका साथीभाइमार्फत पनि खोज्ने धेरै कोसिस गर्‍यौं तर केही उपाय लागेन ।’


विनोदले काम गरिरहेको कम्पनीले कोरोनाको बहाना बनाउँदै २०७८ सालमा उनीसँगै धेरैलाई कामबाट निकालेपछि उनले अर्को कम्पनीमा काम गरेको जयबहादुरले बताए । ‘त्यसपछि काम गरेको कम्पनीमा पनि काम गर्न गाह्रो भएको भनेर छोडेपछि ऊ विगत ३ वर्षयता गैरकानुनी रूपमा साउदीमा बसिरहेको थियो,’ उनले भने, ‘यसकारण उसलाई प्रहरीले लग्यो कि भन्ने शंका हामीलाई छ । तर यति लामो समयसम्म अत्तोपत्तो भएन ।’

विनोद सम्पर्कविहीन भएको बारे परिवारले नेपाल सरकारको परराष्ट्र मन्त्रालयसमक्ष जानकारी गराएको थियो । त्यसपछि उक्त मन्त्रालयअन्तर्गत मन्त्रीको निजी सचिवालयमार्फत गत भदौ २० गते नेपाली कन्सुलेट जनरल, जेद्दाह साउदी अरेबियालाई ‘विनोद केसीको खोजतलास तथा उद्धार गर्नका लागि’ भनेर चिट्ठी लेखेको छ । तर यसको कुनै जवाफ वा प्रतिक्रिया नआएको परिवारले जनाएको छ ।

घरमा कमाउने मान्छे नै यसरी हराएपछि परिवारमा शोक छाएको छ । यता विनोदको घरमा ७० वर्षकी आमा, श्रीमती र १२ र १० वर्षका दुई छोरा एवं दाजु–भाउजू छन् । श्रीमान् हराएपछि उनको चिन्ताका साथै परिवारमा आर्थिक अभावसमेत खट्किएको श्रीमती सीता केसीले बताइन् । ‘उहाँले चाँडै घर आउँछु भन्नुभएको थियो । उहाँ आएपछि परिवारसँगै बसौंला भन्ने थियो । तर सोचेजस्तो भएन,’ उनले दुखेसो पोखिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...