— जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयताको मर्मअनुसार जनताले अनुभूति गर्न नपाएको बताएका छन् ।
जनता समाजवादी पश्चिम नवलपरासीले आयोजना गरेको संगठन निर्माण अभियानअन्तर्गत रामग्रामको हकुईमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।
सरकार परिवर्तन गरेर मात्र देशले विकास र निकास नपाउने भन्दै जनताको इच्छाअनुसार संघीयता कार्यान्वयन हुन नसकेको बताए । प्रदेश स्थापना भए पनि सीमित अधिकारका कारण अझै पनि जनताले संघीयताको अनुभूति गर्न नपाएको उनको दाबी थियो ।
आमसभामा जसपा लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले सरकारले संविधान संशोधनमार्फत मधेसी जनताको अधिकार स्थापित गर्नु पर्ने बताए । जिल्ला अध्यक्ष धरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङगठन निर्माण अभियानको बारेमा जानकारी गराइएको थियो ।