मुख्य समाचार
अपहरित यात्रुले अपहरणमा परेका जहाजको मोडल बनाएर तालिबान सरकारलाई बुझाए
अपहरित यात्रुले अपहरणमा परेका जहाजको मोडल बनाएर तालिबान सरकारलाई बुझाए

— २५ वर्षअघि काठमाडौंबाट दिल्लीका लागि उडेको इन्डियन एयरलायन्सको जहाज अपहरणको घटनाबारे अनेकन कथाहरु सार्वजनिक भइसकेका छन् । तर अपहरणमा परेको उक्त जहाजका यात्रुहरुले अपहरणमुक्त भएपछि तत्कालीन तालिबान सरकारलाई उपहार दिएको रोचक प्रसंग भने धेरैका निम्ति नयाँ हुनसक्छ ।


क्रिसमसको पूर्वसन्ध्या अर्थात् २४ डिसेम्बर, सन् १९९९ मा अपहरणमा परेको जहाज अफगानिस्तानको कान्दाहार पुर्‍याएर सात दिन राखिएको थियो । मृत्युको सन्निक पुगेका विमानका १ सय ७८ यात्रुले अपहरणमुक्त भएपछिको खुशी कसरी बाँडे होलान् ? उक्त विमानमा रहेका आठमध्ये एक नेपाली थिए, गोरखाका संजय धिताल । त्यतिबेला संजय पेशावरमा रहेका अफगानी शरणार्थीहरुको स्वास्थ्यका लागि कार्यरत संस्था आम्दा इन्टरनेसनलमा कार्यरत थिए । घटनाका २५ वर्षपछि धितालले त्यतिबेला अपहरणमुक्त भएपछिको समय सम्झिएर नोस्टाल्जिक भए ।


संजयका अपहरणको आठौं दिन जब अपहरणकारीले भारत सरकारसँग आफूहरुको वार्ता मिलेको बताए, तब जहाजभित्रका सबै यात्रुको अनुहारको एक सातादेखि निभेको आशाको झिल्को बलेजस्तो भयो । उनले भने, ‘अपहरणमुक्त हुने भन्ने भएपछि हामी सबै यात्रुले आ-आफ्नो देशको मुद्रा संकलन गरेर त्यो पैसाबाट केही काम गर्ने भन्ने कुरा भयो ।’

धितालका अनुसार सबै यात्रुबाट रकम उठाउने काम पनि उनी आफैंले गरे । कान्तिपुरसँगको भिडियो कुराकानीमा उनले सुनाए, ‘त्यसबेला आतंकवादीहरुले बिदा हुनुअघि तालिबान सरकारले यत्रो दिन बस्न दिएकोमा धन्यवाद त दिनैपर्छ । तर कसरी धन्यवाद दिने भनेर यात्रुहरुबीच कुराकानी भयो । अनि हामीले पैसा उठाउन थाल्यौं ।’

उनका अनुसार तालिबान सरकारलाई दिनका लागि त्यतिबेला हामीसँग केही पनि थिएन् । उनले भने, ‘अपहरणमा परेको आइसी–८१४ जहाजको मोकअप (मोडल) जहाज बनाएर उपहार दिने कुरामा सहमति भयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...