— प्रधानमन्त्री केपी ओली शर्माले ‘बाल विवाहमुक्त नेपाल राष्ट्रिय अभियान’ लाई सफल बनाउन प्रतिबद्धता जाहेर गरेका छन् ।
मंगलबार बालुवाटार प्रधानमन्त्री निवासमा राष्ट्रिय बाल कल्याण परिषद् (एनसीआरसी) को अगुवाईमा बाल अभियानकर्मीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।
बाल विवाह एक सामाजिक समस्या र कानुनी अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी नेपाललाई बाल विवाहमुक्त बनाउने संकल्पमा प्रधानमन्त्री ओलीले हस्ताक्षरसमेत गरे । मुलुकी अपराध संहिता, २०७४ मा बाल विवाहलाई दण्डनीय मानेको छ ।
भेटमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन ऋभु र बाल विवाह भोगेर हाल यसविरुद्धको अभियानमा संलग्नको उपस्थिति रहेको थियो ।