मुख्य समाचार
१२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ
१२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ

: अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।


ललाई फकाई विवाह गराइदिने भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बिक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्र बहादुर मल्लले जानकारी दिए।

सकुन्तलाले काम लगाइदिने भन्दै १२ वर्षीय बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछि मुमारामले बालिकालाई सिन्दुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाको अंकलले जाहेरी दिएका थिए।


बालविवाह सम्बन्धी जाहेरी परेपछि प्रहरीले घरमा छापा मारेर मुमारामलाई नियन्त्रणमा लिएको हो। अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...