मुख्य समाचार
संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशकेन्द्रित दल
संविधान संशोधनको चर्चाले नजिकिँदै मधेशकेन्द्रित दल

— सत्तारूढ कांग्रेस र एमालेले संविधानमा संशोधन गृहकार्य सुरु गरेपछि मधेशकेन्द्रित दलहरू पनि नजिकिन थालेका छन् । दुई ठूला दल संविधान संशोधनमा जुट्दा यसअघिका आन्दोलनबाट प्राप्त राजनीतिक र संवैधानिक उपलब्धि गुम्ने हो कि भन्ने संशयसाथ मधेशकेन्द्रित दलहरूले छलफल गर्न थालेका छन् ।


टुक्रा–टुक्रामा विभाजित मधेशकेन्द्रित दलका नेताहरू धेरैपछि मंगलबार एउटै मञ्चमा देखिए । उनीहरू सबैले संविधान संशोधनका कारण उपलब्धि गुम्न नदिन एकता, सहकार्य वा मोर्चाबन्दी गर्नुपर्ने परिस्थिति आएको बताएका छन् ।

मधेशी एकता समाज संस्थाले आयोजना गरेको कार्यक्रममा नेताहरूले समावेशिताका पक्षधर दलहरू विभाजित र कमजोर भएको मौका ठूला दलले छोप्न खोजेको टिप्पणी गरे । दुई ठूला दलले निर्वाचन प्रणाली संशोधन गरेर समानुपातिक, समावेशी प्रतिनिधित्वको व्यवस्था खोस्न खोजेको पनि उनीहरूले बताए ।

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले २०७२ मा तीन दलका तीन नेता मिलेर नश्लीय संविधान ल्याएको उल्लेख गर्दै अहिले गर्न खोजिएको संशोधन थप नश्लीय ढंगको हुने आशंका व्यक्त गरे । त्यसलाई रोक्नका लागि मधेशी, आदिवासी, जनजातिसहितका शक्तिहरू मिल्नुको विकल्प नरहेको उनको भनाइ छ ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशकेन्द्रित दलहरूबीच लचिलो गठबन्धन गर्नुपर्ने प्रस्ताव राखे । ‘धेरै पटक एकता गरेर देखिसक्यौं, कुनै सफल भएन । अवसरवादी चरित्रले पार्टीहरू विभाजित भए,’ उनले भने, ‘अब एकताको कुरा नगरौं । तर मुखैमा आइसकेको चुनौती सामनाका लागि सहकार्य गरौं ।’ संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा लैजाने लोकतन्त्रविरोधी प्रयास भइरहेको उनको टिप्पणी गरे ।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले मधेशकेन्द्रित दलहरू एक ठाउँमा आउनुपर्ने बाध्यता बन्दै गएको बताए । उनले त्यसका लागि आफ्नो पार्टी तयार रहेको जनाए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झाले पनि मधेशी शक्ति एक नभए प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए । जनमत पार्टीका नेता एवं प्रवक्ता शरदसिंह यादवले संविधान संशोधन मधेशको विपक्षमा हुने देखिएकाले त्यसलाई रोक्न सहकार्य आवश्यक रहेको बताए ।



जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले अब आफू–आफूबीचमा आरोप–प्रत्यारोपको बेला नरहेको उल्लेख गर्दै मुद्दालाई हेरेर दलहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मधेशको राजनीतिमा त्याग र निष्ठा हराएको उल्लेख गरे ।

परिवारवाद र सत्तावाद कारण मधेशकेन्द्रित दलहरूले मधेशवादको अन्त्य गरेको उनको भनाइ थियो । कार्यक्रममा नागरिक समाजका प्रतिनिधिहरूले पनि मधेशकेन्द्रित दलहरूबीच सहकार्य जरुरी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...