मुख्य समाचार
हवाइ यात्रा गर्नेको संख्यामा वृद्धि
हवाइ यात्रा गर्नेको संख्यामा वृद्धि

: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयनसम्बन्धी ऐन बनाउन खोज्दा कोही पनि संशकित हुन नपर्ने बताएका छन्।


नेपाल नागरिक उड्डयन प्राधिकरणको २६औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डे नागरिक उड्डयन क्षेत्रलाई व्यवस्थितका साथै नेपालको हवाई क्षेत्रलाई विश्वसनीय बनाउन आवश्यक ऐन-कानुन बनाउन लागेको भन्दै कोही पनि संशकित हुनु नपर्ने बताए।

ऐनअनुसार बनेका निकायहरूलाई आत्मनिर्भर भएर त्यस क्षेत्रमा सबल बनाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ। मन्त्री पाण्डेले विमानस्थलका विषयमा आएका सुझाव, गुनासो लगायत सम्बोधन गर्ने काम प्राधिकरणको रहेको भन्दै सबै अभिभारा पूरा गर्नका लागि सक्षम हुनुपर्ने बताए।


विकट स्थानमा नियमित उडानका लागि निगमको विमान प्रयाप्त नरहेकाले त्यस विषयमा पनि मन्त्रालयले आवश्यक योजना बनाइरहेको उनको भनाइ छ। उनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँगको सहकार्य, नियमन र नेपालको कानुनअनुसार चल्ने वातावरण बनाउने कोसिस भइरहेको बताए।

त्यस्तै प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले हवाई उडानको अधिकार प्राधिकरणलाई मात्रै रहेकाले स्थानीय तह, राष्ट्रिय निकुञ्जले उडान र अवतरणमा समस्या सिर्जना गर्न खोजेको गुनासो गरे। उनले प्राधिकरणले केहि राम्रो गर्न खोजेको भन्दै राम्रो कामको सबैले साथ दिनुपर्ने बताए। अधिकारीले काठमाडौंको त्रिभुवन विमानस्थलको क्षमता बढाउनका लागि विस्तारको काम भइरहेको जानकारी दिए.

त्यस्तै वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उनले सन् २०२४ को नोभेम्बरसम्म देशका विभिन्न विमानस्थलमार्फत ४४ लाख ४९ हजारभन्दा बढीले अन्तर्राष्ट्रिय यात्रा गरेको बताए। त्यस्तै आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजारले यात्रा गरेका छन्। गत वर्षको तुलनामा यस वर्ष हवाइ यात्रा गर्नेको संख्यामा वृद्धि भएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...