मुख्य समाचार
इजरायलमा पहिलो चरणमा एक हजार केयरगिभर पठाइँदै
इजरायलमा पहिलो चरणमा एक हजार केयरगिभर पठाइँदै

वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) पठाउने प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा एक हजार जना पठाइने भएको छ, जसमा ६ सय महिला र ४ सय पुरुष छन् ।




उनीहरूलाई इजरायलले छानेको चार स्वास्थ्य केन्द्रमा यही पुस १७ देखि २३ सम्म स्वास्थ्य परीक्षण गर्ने समय तोकिएको छ । इजरायलले मेडिकल परीक्षणका लागि नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र क्रिस्टल डायग्नोस्टिक प्रालिलाई छनोट गरेको छ ।


इजरायलले गत असोजमा गोलाप्रथाबाट श्रमिकको नाम छनोट गरेको थियो । योग्यता पुगेका तीन हजार चार सय ६१ जनामध्ये गोलाप्रथाबाट दुई हजार एक सय १२ जना छानिएका थिए । तर, इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाहबीचको लडाइँले तनाव बढेपछि कामदार पठाउने प्रक्रिया स्थगित भएको थियो । इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयको सहमतिमा भर्ना प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल र इजरायलबीचको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको संलग्नता छैन । विभागको इजरायल शाखाका सम्पर्क अधिकृत धनञ्जय झाका अनुसार पहिलो चरणमा एक हजार जना पठाएपछि दोस्रो चरणमा रहेकालाई लगिनेछ । नेपाल सरकारले इजरायलको योग्यता पुगेर सूचीकृत भएका सबै श्रमिकलाई आवश्यकताअनुसार लैजानुपर्ने प्रस्ताव राख्दै आएको छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नेहरू सुरक्षित रहेकाले नेपाली श्रमिक रोक्नुको अर्थ नभएको बताए । ‘छनोट भइसकेका श्रमिकलाई रोकेर राख्नुको कुनै अर्थ छैन । यहाँ श्रीलंका र भारतबाट श्रमिकहरू आइरहेका छन् । इजरायल लडाइँमा भए पनि श्रमिकहरू सुरक्षित छन्,’ उनले भने ।

दीर्घकालीन स्याहार केन्द्रमा सबैभन्दा बढी नेपाली १३ सय ४५ जना कार्यरत छन् । उनीहरूले आफू सुरक्षित रहेको बताउँदै आएको छ । पछिल्लो समय विदेशी श्रमिक ल्याउने जिम्मेवारी पाएको इजरायलको जनसंख्या अध्यागमन तथा सीमा प्राधिकरण (पिवा) ले नेपालले लामो समयसम्म श्रमिक भर्ना रोक्ने भए विकल्प हेर्ने बताउन थालेको थियो । पिवाले कृषि क्षेत्रका लागि भने भारत र श्रीलंकाबाट श्रमिक लगिरहेको छ । केयरगिभरमा भने नेपालीलाई नै प्राथमिकता दिँदै आएको छ ।

नेपालका लागि इजरायली राजदूत समुलिक एरी वासले इजरायलमा श्रमिक पठाउने कार्य दुवै पक्षको हितमा रहेको दाबी गरे । ‘इजरायलमा कार्यरत श्रमिक र स्थानीय नागरिकले पाउने सेवासुविधामा कुनै विभेद छैन,’ काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘दुई देशबीच सरकारी संयन्त्रमार्फत गरिने भर्ना प्रक्रिया दुवै देशका लागि फाइदाजनक छ ।’



केयरगिभरमा काम गर्ने नेपालीको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा (करिब दुई लाख २० हजार रुपैयाँ) तोकिएको छ । यसको करार अवधि सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ । इजरायलमा करिब १४ हजार दीर्घकालीन स्याहार केन्द्र छन् । गत भदौमा इजरायलले भारतबाट पाँच हजार केयरगिभरसहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...