मुख्य समाचार
राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघामा भारतीयको खेती
राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघामा भारतीयको खेती

— शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा वनक्षेत्रमा भारतीय नागरिकले खेतीपाती गरिरहेको पाइएको छ । भारत, उत्तर प्रदेशको पिलिभित जिल्लामा पर्ने गोरख डिबीसँगै जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रमा उनीहरूले लामो समयदेखि खेतीपाती गरिरहेका हुन् ।




निकुञ्जको सिकारी तालभन्दा केही परको क्षेत्रमा भारतीय नागरिकले नियमित रूपमा खनजोत गर्दै आएको निकुञ्ज प्रशासनले जनाएको छ । पछिल्लो पटक निकुञ्जले गरेको अध्ययनमा पनि वनक्षेत्र अतिक्रमण भएको पुष्टि भएको थियो । तर एउटा स्थानमा मात्रै अध्ययन गरिएको छ ।


‘हामीले अध्ययन गरेको क्षेत्रमा २५ हेक्टरभन्दा बढी जमिन अतिक्रमण भएको छ,’ निकुञ्जका रेञ्जर सिदीप अधिकारीले भने, ‘अन्य क्षेत्रमा पनि अतिक्रमण भएको छ, त्यसको अनुसन्धान हुन सकेको छैन ।’ रेञ्जर अधिकारीकै नेतृत्वमा निकुञ्जले अतिक्रमण भएको क्षेत्रको अध्ययन गरेको हो ।

निकुञ्ज क्षेत्रमा खनजोत गर्ने भारतीय नागरिक रञ्जन विश्वास र चिता रञ्जन सरकारलाई नियन्त्रणमा लिएर निकुञ्जले मुद्दासमेत चलाएको छ । उनीहरूलाई जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको अधिकारीले जानकारी दिए ।

‘निकुञ्जमै ट्र्याक्टरले जोतेर गहुँ छरिरहेको देखेपछि नियन्त्रणमा लिएर मुद्दा चलाइएको हो,’ उनले भने, ‘सीमास्तम्भ हराएका कारण पनि त्यस क्षेत्रमा जमिन अतिक्रमण भएको हो ।’ उनका अनुसार साविकको २७ र २८ नं. सीमास्तम्भको बीचमा निकुञ्ज र आसपासको नेपाली भूभाग भारतीयले अतिक्रमण गरेका छन् ।

अतिक्रमण गरिएको क्षेत्र बेलडाडी गाउँपालिकाबाट नजिक पर्छ । तर उक्त क्षेत्रमा गस्तीमा समेत जान सकिने अवस्था नभएका कारण नियमित रखेदेख हुन सकेको छैन । ‘नौ सय बिघा जमिन अतिक्रमण भएको छ । त्यहाँ भारतीय नागरिकले गहुँ खेती गरेका छन्,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले भने, ‘बर्खामा डुबान हुने भएकाले उनीहरू आउन सक्दैनन्, हिउँदमा गहुँ छर्छन् ।’

उनले भारतीय संरक्षणकर्मीसँग बैठक भएको बेला अतिक्रमण हटाइदिन आग्रह गरिएको बताए । जिल्ला प्रशासन कार्यालयबाट गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराइएको उनको भनाइ छ । ‘निकुञ्जको वनक्षेत्र लामो समयदेखि अतिक्रमण गरिएको छ । अहिले यो समस्या समाधान गर्नेगरी सबैसँग छलफल र समन्वय भइरहेको छ,’ उनले भने ।



सुरक्षा निकाय प्रमुखसँगै निकुञ्जका कर्मचारीले केही दिनअघि अतिक्रमित क्षेत्र अवलोकन गरेका थिए । ७८८ (साविकको २८) नम्बर सीमास्तम्भ अस्पष्ट भएका कारण भारतीयले निकुञ्जको वनक्षेत्र अतिक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । ‘पिलर स्पष्ट भएपछि आफैं जमिन छाड्छौं भनेका छन्,’ उनले भने, ‘भारतीय पक्षसँग पनि यसबारे कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...