मुख्य समाचार
फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन
फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन

: फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन बनेका छन् । दोस्रो नेपाल–चीन फ्रेन्डसिप ड्रागनबोट रेसअन्तर्गत दुई सय किलोमिटर ड्रागनबोट रेसमा चीनको टोङ वान लाओ यो क्लब ४७ सेकेन्डमा निधारित दूरी पूरा गर्दै प्रथम भएको छ ।


यस्तैगरी युन्नान मिन्चु युनिभर्सिटीले निर्धारित दूरी ४८ सेकेन्डमा पूरा गर्दै दोस्रो भएको छ भने लाइओ छङ युनिभसिटी ५० सेकेन्डमा पूरा गर्दै तेस्रो भएको छ । यस्तै गरी युनायन नर्मल युनिभसिटी टिम ५१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै चौथो भयो ।

यस्तैगरी पाँच सय मिटर रेसमा चिनियाँ टोली टोङ वान लाओ यो क्लबले निर्धारित दूरी २ मिनेट ४ सेकेन्डमा पूरा गर्दै प्रथम भएको छ । लाइओ छङ युनिभसिटीले २ मिनेट ७ सेकेन्डमा पूरा गर्दै दोस्रो भएको छ । यस्तैगरी वाँहान स्पोट्र्स युनिभसिटीले २ मिनेट ८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भयो ।


नेपाली टोली नारा दुई सय मिटरमा सेमिफाइलनमा पुगेको थियो भने अर्को नेपाली टोली पीएमसी पाँच सय मिटर सेमिफाइनलसम्म पुगेरै चित्त बुझाए । प्रथम ड्रागन बोेट रेसमा नेपाली टोलीले धेरै विधामा जित निकाल्दा यस वर्ष भने कुनै पनि विधामा जित निकाल्न सकेन । चिनियाँ खेलाडीले २३ लाख ८४ हजार नेपाली रुपैयाँबराबरको नगद पुरस्कार पाए ।

२ सय र ५ सय मिटर ड्रागन बोट रेसमा समान प्रथम हुनेले ५ हजार डलर, द्वितीयले २ हजार डलर र तृतीयले १२ सय डलर नगद, प्रमाणपत्र र ट्रफी पाए । सहभागी सबै टिमले ५ सय डलर पाएका छन् । ड्रागन बोट रेस फेस्टिभलमा नेपाली ११, चिनियाँ ८ र सिंगापुरको १ टोली गरी २० टिमको सहभागिता रहेको थियो ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छन् सङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जु गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...