मुख्य समाचार
लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी
लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी

: कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइ प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उक्त मुद्दाको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी छ ।

प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाउन लागेको रायसहितको प्रतिवेदनमा रास्वपाका सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ। उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावीसहितको प्रतिवेदन बुझाउन लागेको हो।


स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न लामिछानेसहित जीबी राई,पूर्वडीआईजी छविलाल जोशी, जीबीको साढुभाई दीपक लामा, कोषाध्यक्ष कुमार रम्तेल र व्यवस्थापक नवीन अछामीसहितका ४४ जनालाई ‍प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ।

यस्तै विद्यार्थी नेता दिपेश पुनकी पत्नी सविना आले मगरलाई उक्त मुद्दामा प्रतिवादी कायम गरिएको छ। उक्त सहकारीबाट ऋण लिएका अन्य एक दर्जन संघसंस्थालाई पनि प्रहरीले प्रतिवादी बनाएको छ । रकम अपचलन भएको सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा ६४ करोड ८३ लाख ३८ हजार चारसय पैसठ्ठी रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धान खुलेको छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको हाल कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं महानगरपालिका–९ गौशालामा रहेको बागमती होटलमा कागेश्वरी मनहराकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी छन्। गौशालाको पिंगलास्थानमा रहेको बागमती होटलको कोठा नम्बर ३०८ मा बुधबार दिउँसो सवा दुई बजे उनी मृत फेला परेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनी मंगलबार साँझ १० बजेतिर एक युवक सँगै उक्त होटलमा पुगेका ...
। नवलपरासीको सुनवल नगरपालिका–७ मा रहेको लक्ष्मी स्टिल फ्याक्ट्रीका एक कामदारको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो । फ्याक्ट्रीमा काम गरिरहेको अवस्थामा चप्पल चिप्लिएर लड्दा सामान ओसारपसार गरिरहेको लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा चौधरी घाइते भएका थिए । रुपन्देहीस्थित देवदल मेडिकल कलेजमा उपचारका क्रममा ...
: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्। शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण आयोजित समारोहमा उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका हुन्। ‘हामीले आदर्शका कुरा त धेरैले गर्छौं तर, व्यवहारमा कसले ...
: सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। पोखरेल ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि सभापति पोखरेलले उनलाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेका हुन्। सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको जानकारी गराएका छन्। सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग ...
। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने सवारीसाधनहरूको प्रदूषण जाँच गराउन निर्देशन दिएकी छन् । चावहिल गणेशस्थान मार्गको कालोपत्रे गर्न प्रयोग गरिएका सवारीसाधनले धुवाँ फालेको देखेपछि उनले यस्तो निर्देशन दिएकी हुन् । ‘तपाईंहरूले निर्माण कार्यमा प्रयोग गर्नुभएका सवारीसाधन प्रदूषण जाँच गराउन लैजानुहोला । हरियो स्टिकर भएका सवारीसाधन मात्र निर्माण कार्यमा प्रयोग गर्नुहोला,’ ...