मुख्य समाचार
बालगृहलाई सहयोग गर्न म्याराथन प्रतियोगिता आयोजना
बालगृहलाई सहयोग गर्न म्याराथन प्रतियोगिता आयोजना

। इन्जिनियरिङ अध्ययन संस्थान ‘पुल्चोक गर्ल्स’ ले म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी शनिबार हुने म्याराथनमा ५ सय बढी सहभागी हुने कार्यक्रम संयोजक सुजिता शर्माले बताइन् ।

‘प्रतियोगितमा भाग लिनेका लागि १ सय शुल्क तोकिएको छ । यसबाट उठेको पैसा बालगृहलाई सहयोग गर्छौं,’ उनले भनिन् ।




म्याराथान पुल्चोक क्याम्पसबाट सुरु भएर ७ किलोमिटर दौडिएपछि पुल्चोकमै आएर सकिनेछ । उनका अनुसार कार्यक्रम बिहान ७ बजे हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार पाउने छन् ।

पुल्चोक गल्र्स समितिमा क्याम्पसमा अध्ययनरत २७ जना छात्रा छन् । यो समितिले यसअघि दुई पटक म्याराथन प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् । पुलिसले जय ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ जसमा राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् । राष्ट्रिय टिमका कुशल ...
। त्रिभुवन आर्मी क्लबले जय ट्रफी एलिट कप खेल्ने अन्तिम टोलीको टुङ्गो लगाएको छ। नरेन साउद, दुर्गेश गुप्ता र आकाश चन्दले पनि त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् । आर्मीले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । आर्मीमा पनि राष्ट्रिय टोलीका खेलाडीहरू छन् । सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, ...
। नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने ...
। नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो । नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ । फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको ...
। नेपाली कांग्रेसले आगामी माघमा सर्वाधिक पुरस्कार राशीको सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । संघले बिहीबार सानेपास्थित केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने औपचारिक जानकारी दिएको हो । प्रतियोगिता माघ १० देखि १७ गतेसम्म ...