मुख्य समाचार
कांग्रेसले सभापति कप फुटबल आयोजना गर्ने, विजेतालाई २६ लाख पुरस्कार
कांग्रेसले सभापति कप फुटबल आयोजना गर्ने, विजेतालाई २६ लाख पुरस्कार

। नेपाली कांग्रेसले आगामी माघमा सर्वाधिक पुरस्कार राशीको सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । संघले बिहीबार सानेपास्थित केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने औपचारिक जानकारी दिएको हो ।




प्रतियोगिता माघ १० देखि १७ गतेसम्म दशरथ रंगशालामा हुनेछ । विजेताले अहिलेसम्मकै धेरै २६ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले नगद १३ लाख हात पार्नेछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने फुटबल प्रतियोगितामा नेपालका ए डिभिजनका ८ क्लब र दुई विदेशी टोली सहभागी हुने आयोजकले जनाएको छ ।



नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको निर्णयबमोजिम नेपाली खेलकुद क्षेत्रको समग्र विकास र विस्तारमा खेल र खेलाडीको हक अधिकारका लागि कटीबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च स्तरिय दक्ष खेलाडी उत्पादन गर्नमा हातेमालो गर्ने लक्ष्यसहित फुटबललगायत विभिन्न खेलहरु आयोजना गर्न लागिएको नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निदर्शेन समिति २०८१ का संयोजक तथा कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले जनाए ।

‘खेलकुदले राष्ट्रलाई चिनाउने काम गर्छ । राज्यले खेलकुदलाई १ प्रतिशत बजेट समेत नछ्टु्याएको अवस्थामा पनि नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सफलता पाइरहेका छन् । सरकार देखि राजनीतिक भात‌ृ संगठनहरूले खेलकुद क्षेत्रमा बजेट व्यवस्थापन गरेर काम गर्ने हो भने नेपालले खेलकुदमा अझ धेरै सफलता हासिल गर्न सक्छ’ उनले भने ।

अनुमानित बजेट १ करोड ५० लाख रहेको बताउँदै बस्नेतले विभिन्न प्रायोजक तथा सरकारबाट साथको अपेक्षा भएको बताए । ‘कार्यक्रम ठूलो र बजेट धेरै पर्ने भएको हुनाले प्रायोजकहरुबाट खोज्छाैँ, टिकट विक्रीबाट पनि उठ्छ, अरु नपुगेको हामी सबै मिलेर व्यवस्थापन गर्छौं । सरकारले पनि यस्ता कार्यक्रममा सहयोग गर्छ’ उनले भनेका छन् ।

प्रतियोगिताको उद्घाटनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने र समापन पार्टी सभापति शेरबहादुर देउवाबाट गराउने तयारी भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...