। नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो ।
नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ ।
फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको हो ।
नेपाली महिला फुटबल टोलीले पछिल्लोपटक नोभेम्बरमा साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग दशरथ रंगशालामै खेलेको थियो ।
नेपालको महिला राष्ट्रिय लिग फुटबलको दोस्रो चरणका खेलहरू पनि बिहीबारदेखि सुरू हुँदै छन् ।