मुख्य समाचार
स्पेस स्टेशनमा १६ पटक नयाँ वर्ष मनाउँदै सुनिता विलियम्स
स्पेस स्टेशनमा १६ पटक नयाँ वर्ष मनाउँदै सुनिता विलियम्स

। सन् २०२४ सकिए लगत्तै अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरुले नयाँ वर्ष सन् २०२५ को उत्सव मनाउन सुरु गरेका छन् । एक्सपिडिसन ७२ का अन्तरीक्षयात्रीहरुले पृथ्वीको परिक्रमा गर्दै एक दिनमै १६ पटक नयाँ वर्ष मनाउनेछन् ।

स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु पृथ्वीभन्दा करीब ४ सय किलोमिटरको उचाइँमा नयाँ वर्ष सन् २०२५ मा प्रवेश गर्दैगर्दा १६ पटक सूर्योदय र सूर्यास्त देख्नेछन् । हाल स्पेस स्टेशनमा भारतीय मूलकी अन्तरीक्षयात्री सुनिता विलियम्स लगायत छन् ।




उनी गत जून महिनामा ८ दिनका लागि बोइंग कम्पनीको स्टारलाइनर मार्फत् अन्तरीक्ष स्टेशनमा गएका थि । तर अन्तरीक्ष यानमा समस्या आएपछि उनीहरु अहिलेसम्मै अड्किएका छन् । अब उनीहरु आगामी मार्च महिनामा मात्रै पृथ्वीमा फर्किनेछन् ।

अन्तराष्ट्रिय स्पेस स्टेशनले हरेक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्दछ । त्यसैले एक दिन अर्थात् २४ घण्टामा यसले १६ पटक पृथ्वीको परिक्रमा गर्दछ । अर्थात् स्पेस स्टेशनमा २४ घण्टामा १६ पटक दिन र १६ पटक रात पर्दछ । पृथ्वीमा एक दिन नयाँ वर्ष मनाइरहँदा अन्तरीक्ष स्टेशनमा भएका अन्तरीक्षयात्रीहरुले भने १६ पटक नयाँ मनाउनेछन् ।



अन्तरीक्षयात्रीहरुले स्पेस स्टेशनमा विभिन्न गतिविधिहरुका साथ नयाँ वर्षको उत्सव मनाउनेछन् । जसमध्ये पृथ्वीबाट पठाइएका ताजा सामाग्रीबाट तयार पारिएका परिकार समेत रहेका छन्। साथै उनीहरु भिडियो कलका माध्यमबाट परिवार तथा मित्रजनसँग पनि जोडिनेछन् ।

विलियम्सले यसअघि पनि यस्तै खालको अनुपम अनुभव लिइसकेकी छिन् । उनले अन्तरीक्षलाई आफ्नो खुसीयालीपूर्ण स्थान बनाएकी छिन् ।

स्पेस स्टेशनका अन्तरीक्षयात्रीहरुले हालै क्रिसमसको उत्सव पनि मनाएका थिए । उनीहरुले विभिन्न विदाहरुको परम्परामा पनि भाग लिएका छन् जसमा सजावट तथा विशेष भोजन तयार गर्ने लगायतका क्रियाकलाप सामेल छन् । साथै उनीहरुले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान पनि गरिरहेका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...