। नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापत रकम बुझाउन कम्पनीहरूलाई पुस मसान्तसम्मको समय सीमा दिएको छ ।
प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै अनुमतिप्राप्त दूरसञ्चार सेवा प्रदायकलाई यस्तो समय सीमा दिएको हो । दूरसञ्चार नियमावली २०५४ अनुसार कुल आम्दानीको ४ प्रतिशत दरले रोयल्टी र २ प्रतिशत दरले दूरसञ्चार विकास कोषबापत रकम बुभाउनुपर्छ ।
नियमावलीको नियम २६ मा वार्षिक कुल आम्दानी भन्नाले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर तथा उपकरण बिक्रीबापत प्राप्त हुने रकम बाहेक दूरसञ्चार सेवा प्रदायकले प्राप्त गरेको आम्दानीलाई जनाउँछ ।
कतिपय इन्टरनेट सेवा प्रदायकले उक्त व्यवस्था बमोजिम कुल आम्दानी गणना नगरेको भन्दै प्राधिकरणले सचेत समेत गराएको छ ।